Latest Post

प्रबासी भुमी बाट माेडलिङ मा चम्कदै प्रनिता तामाङ ।
लक्ष्मण रसाइली समर्पण ।


         आ आफ्ना इच्छा चाहाना हरु पूरा गर्नलाइ कुनै निश्चित स्थान तोकियको हुदैन।स्वदेश होस या बिदेश गाउँ होस या शहर तर आफ्ना चाहाना लाई पुरा गर्ने लक्ष्य सहित हिडियो भने जहाँ पुगिन्छ त्यहा पक्कै पनि पुगिन्छ।केही समयको पर्खाइ र आफ्नो लक्ष्य सहित को चाहाना लाई प्रा गर्न केही धैर्य त गर्नु नै  पर्छ।जति बेला बालक काल को चाहना किन नहोस तर एक न एक पटक त्यहा पुगिन्छ जहाँ सोच र चाहना हुन्छ।


बुलुङ,दोलखा घर भइ बिगत २बर्ष देखि मलेसिया मा कार्यरत प्रेनिका तामाङ रुम्बा अहिले दिनहुँ माेडलिङ मा रमलिदै छिन।सानै देखि गित संगीत त गित हरु को अभिनय मा रुचि भयकी तामाङ अहिले प्रबासी भुमी मलेसिया बाट चर्चित हुँदै छिन।सानै उमेर मा आफुलाइ गित हरु गाउन मन लाग्दा गित हरुका ट्रयाक मा गाउने तामाङ अहिले गायन क्षेत्र मा मात्रै नभयर अभिनय मा पनि यतिकै अगाडि छिन।


उनको पहिलो अभिनय वसन्त राज गौतम को" यम राज संग नाता जोडदै छु" बाट सुरुवात गरेकी तामाङ अहिले दुई दर्जन भन्दा बढी लोक तथा आधुनिक गित हरुमा उनको अभिनय रहेको छ।केही गित हरु मा स्वर सहित अभिनय पनि रहेको छ।आफू प्रबास मै रहेर पनि नेपाली  गित संगीत र आफ्नो देश प्रती  माया गरिरहने उनी बताउछिन।


स्वदेश मै रहदा क्याम्पस कलेज तथा अन्य सास्कृतिक कार्यक्रमहरु मा सहभागी बन्ने प्रनिता अहिले प्रबासी भुमी देखि नै  माेडलिङ मा चम्कदै छिन।अनो प्रबासी भुमि मलेसिया मा हुने सास्कृतिक कार्यक्रम  हरु मा उपस्थित सहित स्रोता हरुको मन जित्न सफल छिन।


सामाजिक सञ्जालमा नेपालकी चेली  ‘तरकारीवाली’ को तस्बिर भाइरल भयको छ।

Posted on: 02 Nov, 2016
कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेपाली युबतीको हो । यो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ ।

नेपाली फोटो ग्राफर रूपचद्र महाराजनले इन्टरनेटमा राखेका बताइएको यस तस्बिरमा भारतमा #Tarkariwali भनेर ट्रेण्ड नै बनाइएको थियो ।  एउटा फोटोमा युवती बजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनबीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिंड्दै छिन् । यो फोटो सामाजिक सञ्जालमा लाखौँले शेयर गरेका छन् ।

केही समयअघि यसैगरी पाकिस्तानका एक चिया व्यापारी युवाको तस्बिर पनि भाइरल भएको थियो ।

साभार www.sajhasabal.com बाट

स्वास्थ्यमा सुधार आए पश्चात परिवारको खोजी कार्य सुरुवात
.............................................................................
मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड(आँखा अस्पताल नजिक)

विभिन्न कारणहरुबाट सडकका पेटिमा कष्टकर जीवनयापन गर्न विवश अनाथ,अपाङ्ग, असाहय, असक्त तथा मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको सेवामा जुटेको मानवसेवा आश्रम भरतपुर १० चितवनमा मिति २०७३ साउन ३० गते नारायणगढ बजारको सडक पेटिमा अशक्त , धाईते र बेवारिसे भई सुतिरहेको अबस्थामा मानवसेवा आश्रमले उद्धार गरी ल्याईएको थियो। मानसिक तथा शारिरीक रुपमा कमजोर र निधारमा चोट भएका यी ब्यक्ति आश्रमको स्याहार सुसार तथा स्वास्थ्य उपचार पाए पश्चात आफ्नो नाम " निरज कुमार सिंह" घर अकिलपुर, पट्ना नजिक विहारमा भएको र परिवारहरु पनि भएको कुराको खुलासा गरेकोले निजको घर खोजीमा सम्बन्धित निकाय तथा महानुभावहरुलाई सहयोगको लागी हार्दिक अनुरोध गर्दछौ।
......................................................
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७ ३९४, ९८५११-१२४७०, ९८५५०-७६००१,९८५५०-७६००२ - मुख्य कार्यलाय हेटौंडा।
०५६ - ५२५८९४, ९८५५०-७६००३,९८५५०-८१८९९ - शाखा कार्यलय चितवन।
९८५५०-७६००४ - शाखा कार्यलय काठमाडौं।
९८५५०-७६००५ - शाखा कार्यलय ललितपुर।
९८५५०-७६००६ - शाखा कार्यलय गोरखा।
९८५५०-७६००७ - शाखा कार्यलय लमजुङ।
९८५५०-७६००८ - शाखा कार्यलय विरगंज।
९८५५०-७६००९ - पोखरा ( सेवा विस्तारको लागि अवस्था अध्यनको क्रममा रहेको छ।)
- मानबसेवा आश्रम चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.