Latest Post

नानू पल्पसा भट्टराईले आफ्नो बाल्यकालको खुत्रुकी फुटायर,बाबू अनुप गुरागाँईले खाजा खर्च कटायर मुसहर मुहारमा मुस्कान ल्याउन सहयोग गरेका छन । 


महोत्तरी बर्दिबासका मुसहर मुहारमा मुस्कान ल्याउनका लागि पल्पसा भट्टराईले आफ्नो बाल्यकालमा खुत्रुकेमा जम्मा गरेको २० हजार रुपैँया खुशी साथ कार्यालयमै आएर मुसहर बस्ती निर्माणका लागि हस्तान्तरण गर्नुभयो । यस्तै, अनुप गुरागाईँले आफ्नो खाजा खर्चबाट पैसा जोगाएर २ हजार रुपैँया सहयोग गर्नुभएको छ । यति सानैमा यति ठूलो सहयोगी मन भएका उहाँहरुप्रति आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।

-धुर्मुस सुन्तली फाउन्डेसन

मुसहर बस्ती निर्माण सहयोगको लागि आमा चमेलीदेबी धुर्मुस सुन्तलिलाई भेट्न चितवन देखि काठमान्डौं सम्म।  

चितवन पिठुवाबाट यी आमा पुरानो बानेश्वरमा रहेको हाम्रो कार्यालयमा आउनुभयो । महोत्तरी बर्दिबासका मुसहरहरुको बास बनाउने कार्यमा आफ्नो तर्फबाट श्रीमान भुमिराज तिवारीको सम्झनामा २० हजार रुपैँया सहयोग गर्नुभयो । मानवता र सद्भावका लागि सहकार्यस्वरुप सहयोग गर्नुभएको चमेलीदेवी तिवारीको सहयोगी मनलाई सलाम । उहाँले दिनुभएको आर्शिवाद भोली पेजमा अपडेट गर्ने छौँ । मुसहर बस्ती निर्माणका लागि सहयोगी हातहरु जुट्दै छन्, छिट्टै अनुमानित लागत संकलन हुने आश गरेका छौँ ।

बर्दिबास २, महोत्तरीमा निर्माण हुन लागेको एकिकृन नमूना मुसहर बस्तीलाई सहयोग गर्न Bank Of Kathmandu Lumbini को खाता नं.  016800100370524 मा रकम जम्मा गर्न सक्नुहुनेछ । विदेशबाट Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स गरेर पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग पठाइसकेपछि फेसबुकमा अथवा इमेल dhurmussuntali47@gmail.com मा वा 9803472476 नम्बरमा फोन गरेर जानकारी गराउन आग्रह गर्दछौँ ।
- धुर्मुस सुन्तली फाउन्डेसन 

मानवता र सद्भावका लागि सहकार्य गर्दै बाँसबारी काठमाण्डौँका समिर थापाले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि ७ हजार रुपैँया सहयोग गर्नुभएकोमा हामी निकै आभारी छौँ । यस्तै सहयोगको आशमा हामी रहेका छौँ । Contact :  9803472476

माननीय स्वास्थ्य मन्त्री गगन थापा संग बालबालिका तथा बृद्द बृद्दा बुवा आमा हरुको लागि नि:शुल्क उपचारको माग गर्ने तयारी!

एभरेस्ट गौतम,बेलायत
एशियाकै नमूना काठमाडौं बिश्व-बिधालय शिक्षण अस्पताल तथा बेलायतको स्वास्थ्य सेवामा करिव ८ बर्षको अनुभव बटुल्नुका साथै बिस्वका विकसित तथा बिकासोन्मुख राष्ट्रहरूको स्वास्थ्य सेवाहरूलाई नजिकै बाट अबलोकन गरिरहेका राजन खकुरेलले माननीय स्वास्थ्य मन्त्री गगन थापा संग १२ बर्ष भन्दा मुनिका बालबालिका र ७५  बर्ष भन्दा माथीका बृद्दाहरुको लागि संपूर्ण स्वस्थ्य खर्चमाँ, निशुल्क उपचारको माग गर्ने तयारी गर्दै हुनुहुन्छ ।

यो प्रस्तावित ज्ञापनप-पत्रलाई मानवीय मन्त्री समक्ष केहि हप्तामा बुजाउने योजना छ।
उक्त कार्यमा तपाईंहरूको उपयुक्त सल्लाह र सुझावको अपेक्षा गर्दै, यस्ले भबिस्यमा महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ । 

(तस्वीर, Everest Gautam with Rajan Khakural )

Contact Form

Name

Email *

Message *

Powered by Blogger.