Latest Post

राती ११ बजे दुई युवकको उद्धार/खुल्ला आकाश मुनि अत्यन्त कष्टकर जीवन वीताई रहेका यी युवकहरूको अवस्था दयनिय रहेको छ।
29Dec2016
- मानबसेवा आश्रम ललितपुर,
रात्री सडक अवलोकन पश्चात् उद्धार
मानवसेवा आश्रम ललितपुरले आज दुई जना मनोरोगी युवकको उद्धार गरेको छ। लगनखेल र मंगल बजार बाट राती १०:००बजे उद्धार गरेको हो। सडक पेटीमा खुल्ला आकाश मुनि अत्यन्त कष्टकर जीवन वीताई रहेका अन्दाजी २५/३० वर्षका देखिने युवकहरूको अवस्था दयनिय रहेको छ। सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन द्वारा संचालित मानवसेवा आश्रम, ललितपुरले हप्तामा दुई पटक हरेक आइतवार र विहिबार सडक अवलोकन गर्ने क्रममा आश्रमका उपाध्यक्ष तथा संयोजक श्री  धर्मप्रसाद पौडेल, स्वयमसेविकाद्वय श्री सुमित्रा चौलागाईं र  श्री शुशिला चौलागाईं तथा स्वयम् सेवक श्री शुदर्शन राज जोशीको टोलीले रात्री सडक अवलोकन गर्ने क्रममा महानगरिय प्रहरी परिषरको सहयोगमा उक्त उद्धार कार्य गरेको हो।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : 
९८५५०-७६००५- शाखा कार्यलय ललितपुर।
९८५५०-७६००२ - मुख्य कार्यलाय हेटौंडा।
९८५५०-७६००४ - शाखा कार्यलय काठमाडौं।
०५६ - ५२५८९४, ९८५५०-७६००३,- शाखा कार्यलय चितवन।
९८५५०-७६००६ - शाखा कार्यलय गोरखा।
९८५५०-७६००७ - शाखा कार्यलय लमजुङ
९८५५०-७६००८ - शाखा कार्यलय विरगंज।

१४ बर्षका शिशिर गौतम देबचुली न.पा. बाट पौष १३ गते देखि हराईरहेका छन। सेयर गरेर खोजी कार्यमा साथ दिनुहोला।

- राजु चापागाईं, नवलपरासि
नवलपरासी जिल्ला,देवचुली नगरपालिका -१० घर भएकाे वर्ष १४ काे कक्षा ७ मा पढ्ने शिशिर गौतम २ जना साथिसहित यहि पौष १३ गतेदेखि हराइरहेकाे हुदाँ भेट्नुहुने महानुभावहरुले तलको नम्बर मा खबर गरिदिनुहुन अनुराेध गर्दछु ।
९८०७४११४३९
९८६६८५६७३५

कला क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाण्डौँ निवासी कलाकार प्रमोद पौडेलले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग गर्नुभएको छ।  

कला क्षेत्रको प्रतिनिधित्व गर्दै तेश्रो एकिकृत बस्ती निर्माणमा जुट्दै गर्दा मानवता र सद्भावका लागि सहकार्य गर्दै सिनामंगल काठमाण्डौँ निवासी कलाकार प्रमोद पौडेलले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि २० हजार ५ रुपैँया सहयोग गर्नुभएकोमा हामी निकै आभारी छौँ । बस्ती निर्माणका लागि आफ्नोतर्फबाट उहाँले जस्तै सकेको सहयोग गर्न सबै समक्ष अपिल गर्दछौँ ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।

-धुर्मुस सुन्तली फाउन्डेसन


Contact Form

Name

Email *

Message *

Powered by Blogger.