Latest Post

आजको सिकाइ र उपलब्धि ।
परिक्षा सकिएपछि नानुहरु लामो बिदामा छन । यहि बिदाको समयको सदुपयोग गर्न आज Better Chitwan युनिट सङगको आजको बिहान उत्साह र उपलब्धि मुलक बन्यो ।
नानिहरुलाइ ज्ञान सीप क्षमता बाढिदिनु भएको मा Sagar Karki भाइ निराकार साधनाबहिनी लगाएत better Chitwan मा आवद्द नबिनतम सकारात्मक उर्जाशिल सम्पुर्ण युवाहरु प्रती आभारी छौ । साथै तपाईं हरु सङग भएका कला सीप र क्षमता नानुहरु सङग सेयर गरि बिदाको सहि सदुपयोग गर्न मा सहयोग पुर्‍याइदिनु हुन सम्पुर्ण शुभचिन्तक ज्यु हरुमा अनुरोध समेत गर्दछौ
साहाराको घर परिवार
भरतपुर 11 चितवन ।।

हाम्रो त घरैमा पसल छ चटपटेको पानी पुरिको ।।।

आज त नानुहरुको खुसिले सिमा नै छैन उनिहरुको मनपर्ने खानेकुरा चटपटे पानीपुरिको पसल त आज घरमै पो आइपुग्यो । आइसक्रीम र पिज्जा पनि खाए माया गर्ने दादा दिदिको साथ मनपर्ने खानेकुरा पाएपछी यो बचपन मा के चाहियो । खुसी नै खुसी छाएको छ यो खुसी सधै राख्न सकु अपार खुसिका लागि  सडक डिभिजन कार्यलयमा कार्यरत इन्जिनियरद्द्य श्याम श्रेष्ठ र लक्षुमण कार्की  र मिरिना भारी प्रती आभारी छौ । यो न्यानो साथ सधै मिलिरहोस यो खुसिको पल कहिल्यै भुल्ने छैनौ ।
- साहाराको घर चितवन

कैलाली स्थाई घर भई अनामनगर काठमाडौं निवासी मानवताप्रेमी तथा आदरणीय परोपकारी श्री दिपक जोशीज्यू एवं भावना भट्टज्यूद्वारा शुखद दाम्पत्य जीवनको सुभारम्भको अवसरमा आश्रमलाई सहयोग ।

विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमलाई परोपकारी तथा मनकारी आदरणीय दिपक राज जोशीज्यू तथा भावना भट्टयूले आश्रमलाई नगद रु. ५,००० (अक्षरुपी पाँच हजार) सहयोग गर्नुभएको हो ।

त्यस्तै घट्टेकुलो काठमाडौं निवासी आदरणी आदरणीय परोपकारी मामा डा. लक्ष्मीराज पाठकाज्यू तथा माईजु शुशीला पाठकज्यूले समेत यस पावन अवसरमा आश्रमको लागि नगद रु. ५,००० (अक्षरुपी पाँच हजार सहयोग प्रदान) गर्नूृभएको छ ।

यहाँहरुको दाम्पत्य जीवन बन्दन नभई सहज र सरल बनोस्, संसारकै एक उदाहरणीय जोडी बनोस् । आफ्नो खुशीयालीको हिंसा आश्रममा सेवा लिइरहनुभएका सहयोगापेक्षी आमाबुबाहरुलाई समेत बढ्नुहुने यहाँहरु आदरणीय परोपकारी मनहरुप्रती हार्दिक आभार तथा सादर नमन् ।

रमेर जीउन पुगोस्, हाँसेर दिन पुगोस् ।।
धन्यबाद ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
सम्पर्क : ०१ ४३५७५६३ऽ ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.