ए,जलेर खरानी बन्ने हरु
तिमीलाई , थाहै रहेनछ,
यहाँ झिंगाको सरापले डिङा मर्दैन
तिमिले,शिरै कुल्ची हिडेपनि,
मेरो स्वाभिमान ,डगमगाउन्न।
खुट्टा तान, काखी बजाउ,
यात्रा ,मेरो टुंगिदैन,
पखेटा नै चुडेपनी,
उडान मेरो,रोकिदैन।
ए, डाहाले मर्नेहरु,
तिमीलाई पत्तै रहेनछ,
सगरमाथा हो, अडान मेरो ,
चुथ्थो, ईष्र्याले अब झुक्दैन,
नेलै ठोक पैतालामा,
लक्ष्य,मेरो फेरिदैन
छोप्न खोज्छौ, हत्केलाले,
ज्योती मेरो, छेकिदैन,
कल्पनाको ,सन्सार मेरो,
पिजडामा ,थुनिदैन।
खिसी गर , खिल्ली उडाउ,
जीवन,मेरो फेरिदैन,
आँखा तर ,गाली बर्साउ
फर्किएर, हेर्ने छैन।
ए झुठो थपडी मार्नेहरु,
एउटा कुरा ,होश गर,
सफलताकै शिखरमा,पनि
भुइमै रह्न्छ पाउ ,मेरो
चाप्लुसीको प्रसंशाले,
अहंकार ,घमण्ड बढ्ने छैन।
-रजनी ढुङ्गाना,कुबेत
Post a Comment