आज ,बिर्सिएर ती सब नया ,आफू बन्न मन छ, टक्ट्क्याएर, ती बदनामी का धुलोहरु, सफा जीवन, जिउन मन छ।

आज ,बिर्सिएर ती सब
नया ,आफू बन्न मन छ,
टक्ट्क्याएर, ती बदनामी का धुलोहरु,
सफा जीवन, जिउन मन छ।

पखालेर ,दुखका छिटाहरु,
केवल ,खुसी अङाल्न मन छ,
भुलेर, ती ज्यादती अत्याचार
चैनको श्वास फेर्न मन छ।

आज,बगाएर आँसुले ,ती कुण्ठाहरुलाई ,
सिमलझै ,कतै उड्न मन छ,
ती तिखा ,बचनका काढा भुलेर,
फुलझै , मुस्कुराउन मन छ।

पछ्याइरहने ,त्यो दुस्वप्न भुलेर
चैनको निदमा डुब्न मन छ,
कहालीलाग्दो, अतीत त्यागेर ,
सुनौलो भविस्य अङाल्न मन छ।

आज छोडेर ,त्यो बिरानो शहर ,
नया बस्ती ,बसाउन मन छ,
कानेखुसी ,कसैको सुन्नैु नपरोस,
सधैको, परदेशी बन्न मन छ।

- रजनी ढुङ्गाना

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.