कबिता संग्रह - १२ मुक्तक हरु

नमस्कार !
आदरणीय साहित्यकार अग्रज ज्यूहरु , साहित्यिक अनुरागी ज्यू हरु र मुक्तकिला मनहरुमा न्यानो सानो साहित्यिक अभिवादन । मुक्तक को संगालो लिएर उपस्थित भएको छु । मुक्तकहरु के कस्ता छन्  हजुरहरुको राय र सल्लाह अवस्य पनि पठाउनु हुनेछ  भन्दै यहाँहरु समक्ष मुक्तकहरु राख्न गई रहेको छु ।
--शुभद्रा घिमिरे -ललितपुर--

                     १.

नक्कल नगरौं हर प्रश्नको एउटै उतर हुदैन
बिना स्वार्थ माकुराले पनि जालो बुन्दैन
स्वार्थि मन बिकाउ हुन्छ आज यहाँ भोलि कहाँ
दिल दिमागले सहि गलत त्यो पनि गुन्दैन !!

          राधा भट्टराई
               ईटहरी
==============================
                     २.

तिज आयो पदेशमा सबै मिलि रमाउ साथी
तछाड म छाड नगरेर सस्तो सरि लगाउ साथी..
भेट हुन्छ हुन् अर्को साल मिलि जुली मनाउ तिज,
परदेशमै भए पनि मनमा खुसि को जमाउ साथी । 
             निसा क्षेत्री
         झापा ,हाल इजरायल
================================
                ३.

कहिले जून कहिले घाम नबन है  प्रिये
अधरमा बस्ने त्यो नाम नबन है प्रिये
सक्छौ भने जुनी काट्ने बाचा गर अहिले
झुक्याएर  मायाँमा नकाम नबन है प्रिये
           आस्था गौतम
           बारा कलैया , इजरायल
===============================
                  ४.

समयले आज फेरि पुछारमा नै छोडिदियो
सागरमा मिल्न चाह किनारमै अल्मलियो
नदी किनारामा बसेर सोच्दा बगरझैं लाग्छ जीवन -
हेर्दा हेर्दै निष्ठुर समय यो थाहा नपाई बदलियों ।

            भगवती बस्नेत
            बल्खु , काठमाण्डौ
==============================            
                    ५.
आदत बदलिए पनि स्वभाब उस्तै रहन्छ
उकालो चढ्दैन मायाँ संधै ओरालो बहन्छ
मुहारमा झाल्किदिन्छ पीडाका निशानी हरु
ओठले नबोले पनि आँखाले सुस्तरी कहन्छ
           लक्ष्मी अनुरागी
        बोहोराटार काठमाडौँ
===============================
                 ६.

प्रकृतिलाई माया गर्छन रुख काट्छन फेदै बाट
मुखले आकाश पाताल जोड्छन छुरा हान्छन छेदै बाट
कहेको परिचय भन्दा स्वभाव ले चिनाउछ धेरै
जति नकाव ढाकी हिडुन चिनिन्छन  सब भेदै बाट

- बबिता श्रेष्ठ A
सितापाइला काठमाडौं
हाल:- रेखोवोत इजरायल
==============================
                ७.

जनतालाई मारेर कपुतहरुले रास्ट्रको ढुकुटी  लुटिरहेका छन्
विकासको  त कुरै छाडौं बिदेशीको इशारामा  फुटिरहेका  छन्
मेरो देश  लुछाचुंडीको राजनीति सत्ता त कमाइ खाने भाँडो बनाए
नेतृत्व अनि प्रजातन्त्र प्रतिको  विश्वास दिनैपिच्छे  टुटिरहेका छन
               लिला रिजाल
=========================
                 ८.

अरु हँसाई आफु रुन छोडिसके मैले
देब सम्झी पत्थर छुन छोडिसके मैले
कसम खाएँ झुक्ने छैन म कसैको सामु
आसुँ बगाई चोली धुन छोडिसके मैले

रेखा पन्त,गोर्खा हाल इजरायल

===============================
               ९.

तिम्रै लागी ब्रत बस्छु लाउँछु रातो  सारी
सारा जीवन सुम्पेकिछु नजाउ माया मारी
सम्झँदैमा अँगाल्न मन  लाग्छ  तिमिलाई
सागर पारी तिमि छौ र म छू यता  वारी।।

           नीलम भुसाल
         भरतपुर-2 चितवन

==================================
               १०.
नियतले नै गल्ति गर्छ अनि निर्दोस छु भनि पत्थरमा फूल रोप्न खोज्छ ,
म त एक्स्ट्रा अर्डिनरि छु भनि भुंग्रोमा हात  हाल्छ र घाउको सूल छोप्न खोज्छ ,
भन्न पनि कति सजिलो हो.... जिन्दगीमा मात्र एउटा गल्ति थियो,
इमान्दारी र स्वाभिमानी छु भनि भएका भूल  सबै छोप्न खोज्छ

बेलकुमारी घिमिरे
बिराटचोक मोरङ्ग

=================================
                     ११.
आफ्नो संस्कार भुल्नेले जात भात का कुरा गर्दा
पराईको बुई चढी हिड्नेले औकात का कुरा गर्दा
उदेक लाग्छ खुल्ला आकाश लिएर बाँचेकालाई
धनको लालच  देखाउँदै  एकरात का कुरा गर्दा ।
        सुभद्रा घिमिरे
       ललितपुर
         
                 १२.
हे मेरा प्यारा बसेर एक्लै म कति रुने हो
चाहीन्न धन मुग्लान बाट फर्केनि हुने हो
बर्षौ भो किन हरायौ तिमी खबर नगरी
जवाफ देउ कि मुख सधै आँसुले धुने हो

विमला शर्मा ढुंगाना

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.