"मुक्तक संगालो"तीजको बेलामा सबै जान्छन माइत हामी चेली मुग्लान पारी छैन साइत

नमस्कार
आदरणीय अग्रज ज्यूहरु, आत्मीय मनहरु तथा साहित्यिक अनुरागीहरु सम्पूर्णमा न्यानो साहित्यिक अभिवादन !
सदाको बिहिवार झै आज पनि यहाँहरु समक्ष "मुक्तक संगालो "लिएर उपस्थित भएका छौं । हाम्रा कमिकमजोरी हरु औंल्याई दिनुहुनेछ भन्ने पूर्ण अपेक्षा राखेका छौं !!
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
तीजको बेलामा सबै जान्छन माइत
हामी चेली मुग्लान पारी छैन साइत
साथीसाथी मिलेर नाचौँ गाऔ रमाऊ -
जहाँ भए नि रमाइलो गरौं आउ है त !!
.
भगवती बस्नेत
बल्खु, काठमाण्डौं
_____________________________
देख्छु तीजमा दिदीबहिनी माईत जाने लर्को
आउँछन माईती पनि चेली लिन नमानेर झर्को
घर देखी पर सम्म दिदीबहिनीलाई छावोस तिज
नाँच्ने गाउने लहडमा ब्यन्जन नहोस चर्को !!
.
राधा भट्टराई
ईटहरी
_______________________________
रातो साडी लाउने रहर जगाई सक्यो तीजले
कम्मर भाँची नाच्ने रहर लगाई सक्यो तीजले
दुख सुख भुलाएर दिदि बहिनि आपसमा
चेली माइती समिपमा मगाई सक्यो तीजले !!
.
केशु पोखरेल
भरतपुर, चितवन
_______________________________
आफुसंगै दु:खीलाइ नि ख्वाउनु पर्छ मिठो दर
कुसंस्कारको जरा काट्न मान्नुहुन्न अब डर
सिन्दुर पोते चुरा मात्र होइन हाम्रो संसार
आधा आकास ढाकेकाछौं बिकासमा गरौँ भर !!!
.
लक्ष्मी अनुरागी
बोहोराटार काठमाडौँ
_________________________________
हीरा- मोति हैन चुनौ मात्र रातों साड़ी पोते चुरा यसै तीज देखी
हिरा-मोति मात्र होईन चुनौं रातो साडी पोते चुरा यसै तिज देखी
भड्कीलो- विकृति बिरोध गरी जोगाउँ परम्परा यसै तीज देखी
धर्ममा आस्था हुनु पर्छ कर्म गर्नु सधै यहाँ गौण कुरा हो
सक्षम पती माग्ने हैन आफु सक्षम बन्ने गरौ कुरा यसै तीज देखी !!
.
सरला अर्याल
गुल्मी
________________________________
नपठाऊनु आमा तिजको निम्तो आउन म सक्तिन
परदेश बाट तिमि भए ठाउँमा घाउन म सक्दिन
मन त थियो दिदीबहिनी मिलेर मिठो दर खाने
परदेशको कुरा हो आमा आश लाउन म सक्दिन !!
.
आस्था गौतम
बारा कलैया हाल
________________________________
यो सालको तीज पनि खल्लो रहने भयो
माईतीको सम्झना मा आँशु बहने भयो
रातो सारी छमछम पाउजु रहरै रह्यो
प्रदेशी पिडा फेरी यो छोरीले सहने भयो !!
.
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
________________________________
रङ्गिन भो माईतिको आँगन तीज आएपछी
फुरुङग भो मन पनि दाजु लिन नगिज आएपछि
नाचौ ,गाऔ,रमाउ,रुढिबादी बिचाराधारा तोडौ
ग्यास्ट्रिक भो स्वामिज्यु तिम्रो नाममा ब्रत बसी नखाएपछि !!
.
बेलकुमारी घिमिरे
विराटचोक .
______________________________
अहिले साल तीजमा आउँन पाइन् आमा
मन परेको रातो सारी लाउँन पाइन् आमा
कति सम्म खेप्नु पर्ने परदेशको पिडा
माईति घरमा रमाउदै नाच्न पाईन आमा !!
.
निसा कटवाल
झापा नेपाल
_______________________________
राता साडी र तिलहरी लर्काउदै माईत जॉदा हुन्
दिदी बहिनि माईत गएर तिजको दर खाँदा हुन्
दाजुभाई र दिदीबहिनीले कति याद गर्छन होला?
उडेर जान सकिन्न काम र मजबुरी मेरा बाधा हुन्
.
नीलम भुसाल
भरतपुर-2 चितवन
_________________________________
तिजको रहर मलाई पनि लाग्दछ
लगाई लुगा गहना नाच्ने मन जाग्दछ
परदेशको बास छ आफ्नो खुसी हुदैन
त्यसैले त रहरहरु सेलाएर भाग्दछ !!
.
- बबिता श्रेष्ठ A
सितापाइला काठमाडौं
__________________________________
बर्षौं देखि चली आएको तीज मान्न आउ है साथी
मिठो नमिठो जे जे पाक्छ दर सम्झी खाउ है साथी
दुख पिडा यस्तै नै हो जीन्दगीमा आउछ जान्छ
रातो सारी ,कम्मर भाँची नाच्दै गित गाउ है साथी !!
.
लिला रिजाल [ सुबेदी ]
काठमाडौं, सिनामंगल
__________________________________
यो बर्षको तीजमा पनि प्रवासमै हुने भएँ
गाउँ घर सम्झिएर मुटु दुखाई रुने भएँ
सबै जना जम्मा भै' रमाउला भन्थें तर
टुटे ती सपनाहरु आँसुले मुख धुने भएँ !!
.
विमला शर्मा ढुंगाना
काठमाडौ
__________________________________
यसपालिको तीजमा पनि आँउन पाईन आमा
तीजे गीत र डेउडा भाका गाँउन पाईन आमा
परदेश काम यस्तै नियम अनुसार चल्नु पर्ने
रातो सारी चुरा पोते लाँउन पाईन आमा !!
.
सुभद्रा घिमिरे
ललितपुर
__________________________________

निधारमा टिकी, हातमा चुरा लगाएर
फाइबरको रातो, बुट्टे सारी लर्काएर
यसपाली नी तीजमा नाँचौ दिदीबैनी
छम छम पाउमा, पाउजु बजाएर
.
रेखा पन्त
गोर्खा,हाल इजरायल
___________________________________
- राधा भट्टराई ईजरायल

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.