नेपालीका लागि नेपाली नभए के नेपाली ?
हमालले गरे राजवंशीको उद्धार
लेपु राजवन्शी झापा,सुरुङ्गा, कमखोच ।
बिगत ५ बर्ष पहिले रोजगारिका शिलशिलामा खेतिवाडिको काम गर्न उनी ताबुक साउदी अरब आईपुगे ।
उनीलाई म्यानपावर कम्पनिले मिठा सपना त देखाएर पठाए तर परदेशमा देखाएको सपना जस्तो कहाँ हुन्छ र ? उनको परदेशी रोजगारमा पनि यस्तै भयो सोचे भन्दा फरक तर पनि उनले भाग्यको खेल भन्दै दु:खमा नै रमाए । आए लग्गतै उनलाई साहु(कपिल) ले अर्को साहुको काम खटाए तरपनि चुपचाप काम गर्दै गए ।पिडाको त उनीसङ्ग भकारी नै भरिएको छ । न त समयमा तलब पाउने न त खाना नै गतिलो पाउने , दिनमा १६, १७ घण्टा काम गर्नु पर्ने । तलब माग्दा कुटपिट गर्ने यस्तै यस्तै एवंरितले यस्तै दुख गर्दै गए बर्ष बित्यो, २ बर्ष बित्यो, ३, बर्ष बित्यो, काम गर्दै गए । जब उनकी आमा सिकिस्त बिमार भईन तब घर फर्कन इलौना बिलाउन गरे तर त्यो नरपिचासले केही सुनेन । २ बर्षदेखि उनकी आमा बिमार अवस्थामा छोराको मुख हेरेर मर्ने भन्दै मृत्यु कुरेर बसेकी छिन् ।
हाल उनी महावाणिज्यदुतावास जेद्दाको सम्पर्कमा आएर दुतावास द्वारा भक्तबहादुर हमालसंग सम्पर्क भयो ।
नेपाली साझा मंचका अभियंता समेत रहेका समाजसेवी अगुवा हमालले अथक प्रयास गरेर १५ दिनपछि २७ अगस्त शनिबारका दिन राजवंशीलाई नेपाल पठाउन सफल भए ।
साउदी अरबमा पीडितहरुका उद्धारकर्ताका रुपमा परिचित हमाल भन्छन् "उनलाई नेपाल पठाउन समस्या परेको मुख्य कारण जसको भिसामा उनी यहाँ आएका थिए त्यो साहुको मृत्यु ४ बर्ष पहिले भई सकेको हुदा कानुनी प्रकृया पूरा गर्दा समय लागेको हो ।"
पाँच वर्षदेखि नपाएको तलब पनि हमालको प्रयासबाट राजवंशीले चार वर्षको तलब भने प्राप्त गरे ।
"५ बर्ष सोही साहुकोमा काम गरे तर उनलाई ४ बर्षको मात्र तलब दिएको छ, १ बर्षको तलब खै भन्दा उसको पुरानो साहुले लगिसकेको भन्यो र दिएन र पनि उनि आज नेपाल फर्कन पाउँदा अति नै खुशी छन्" हमालले सुनाए ।
"खेतिपातिको कामले आजित भएर अरु नै काम गर्ने मनसायले साउदी आएको यहाँ पनि खेतिपातिले छोडेन, अब त जिवनमा खाडी मुलुकको नाम लिन्न, बाई बाई साउदी अरबिया" राजवंशीले जाँदाजाँदै भने ।
साउदी अरबमा नेपालीहरु पीडामा छन् साथै हमाल जस्ता मनकारी सहयोगी समाजसेवी पनि छन् । उनी कुरामा हैन काममा विश्वास गर्छन्, प्रचारमा आउन नचाहाने हमालले हजारौ नेपालीको उद्धार गरिसकेका छन् । राजवंशीको उद्धार कार्य त्यसैक्रमको पछिल्लो एउटा हो ।
साभार : नेपाली साझा मंच, महेश श्रेष्ठ
Post a Comment