गौतम परिवारमा खुसियाली
---------------------------------
नवलपरासी जिल्लाको धवादी गा. बि. स. वार्ड नम्बर २, जुगेपानीमा रहेका होमराज गौतमको घरमा ४ नानी बाबु छन ,आफू बोल्न सक्दैनन, श्रीमती सोझि खालकी भयकाले व्यवहार गर्न जान्दिनन । ठुली छोरी ले बुवा आमा भाइ बैनिको दुख अनि अभाब देख्न नसकेर कहिले काहीँ स्कुल छुटायर मेलापात गर्दै कापी कलम लाई पैसा जुटाउछिन । स्कुलको हरेक महिना को फिस सोही स्कुलमा पढाउने एक दयालु मनकी मिस सानू भुसालले तिर्दिनुहुँदो रहेछ।
करिब डेड महिना अघि हामी त्यो घरमा पुग्दा १२/१३ बर्षकी ठुली नानी सबिता गौतम, बुवा आमा सँगै ज्याला मजुरी गर्न गयकी रहिछन , माईली नानी सँग हामिले केही कुरा गरेका थियौं।
नानू लाई उन्ले लगायको कपडा कस्ले किन्दिनुभयको भन्ने प्रस्नमा उन्ले यसो भनिन- "किनेको होइन,यो कपडा अरुले नै दिनुभको , मैले लगायको चप्पल पनि
अरुले नै दिनुभयको, नयाँ लुगा त किन्ने पैसा छैन। बाबा मम्मी ले काम गरेर ल्याको पैसा दैनिक खर्च मै सकिन्छ।"
कुरा गर्दै जाँदा अर्को प्रस्न मा उन्ले यसो भनिन - नानू स्कुलले दियको पैसा ले ड्रेस सिलायर बचेको पैसा ले त चक्लेट खायौ होलानी है? "हैन चक्लेट किनिन , मन त थियो तर कापी कलम सकियको थ्यो , बाबा आमा सँग मागौं भने पनि पैसा हुन्न तेसैले आफैले पेन्सिल र एउटा कापी किनें।"
गौतम परिवार को बारेमा हामिले छिमेकी हरु सँग पनि सोधपुछ गर्दा ती नानी बाबुहरुले अरुले दिए मात्रै राम्रा लुगा लाउन पाउने भन्ने कुरा स्पस्ट भयो।
यस्तै मन रुने थुप्रै कुरा बुझेपछि, यो घरको नानी बाबुहरु मुस्कुराउन सक्दैनन भन्ने कुरा खुल्यो, तेस्पछी हामिले थोरै भए पनि खुसी दियर सबैलाई केही क्षण भए पनि मुस्कान दिनुपर्छ भनेर लागि पर्यौं।
माईली नानु तथा गाउँका छिमेकी हरु ले यो परिवारको स्थितिको बारेमा बोलेका केही कुरा हरु हामिले Live Video मा कैद पनि गरेउँ।
हिज (भाद्र ५,२०७३) म अनि अती सहयोगी मन भयको भाइ पुस्पराज चापागाँई फेरि त्यो घरका नानी बाबू पढ्ने स्कुलमा गयौं, परिवारमा ३ जनालाई सन्चो नभयको कारण ले कोहि पनि स्कुल आयका रहेनछन ,
हामी सर म्याडम लाई पनि लियर घरमै पुगेउँ। तर हामी यति बेला सोध्न,बुझ्न गयका थियनौं हामी त पुरै परिवार लाई मन खुसी हुने कुरा लियर गयका थियौं ।
स्कुलका सर म्याडम तथा छिमेकी हरुलाई संगै राखेर पुरै परिवार लाई हामिले यी कुरा हरु दिंदा उनिहरुको खुसी को सिमा रहेन ।
• नानिबाबु तथा बुवाआमा गरि ६ जनालाई एक एक सेट लुगा
• ४ नानीबाबू लाई एक-एक झोला
• थोरै भए पनि कापी,कलम,पेन्सिल सबैलाई
• Dictionary डिस्नेरी #English To #Nepali
• जोमेट्रीबक्स
• कलर पेन्सिल + साईन कलर पेन
• चक्लेट एक पोका
• ४ थान रुमाल
• दुई तिर बल्ने चार्ज वाला लाईट (लाइन जाँदा पनि पढ्न मिल्ने)
• टावेल
• २ वटा सुतिको तन्ना
• मक्षेटदानी (झुल)
माथिका १३३५०/- मूल्य बराबरको जिन्सी सामान बाहेक हामिले नगद रु. ५०९१/- पनि दियका थियौं।
सर्ब प्रथम यस परिवारको बारेमा जानकारी दिनुभयकोमा आमा भुमिका चापागाँई लाई हार्दिक धन्यबाद, साथै हामी तेहाँ पहिलो पटक पुगे पछिका दिन हरुमा अन्य जानकारी दियर सहयोग गरेकोमा यानिसरा बैनिलाई धेरै धन्यबाद।
साउदिमा कार्यरत ईशा पुलामी जिले यसै परिवारको लागि भनेर हाम्रो मुस्कान अभियानमा रु. ५०९१/- पठाउनुभयकोमा हार्दिक धन्यबाद, सोही रकम हामिले नगद हस्तान्तरण गरेका हौं।
पुर्बकी बैनी राजकुमारी लिम्बू ले पनि यस्तै बालबालिका को लागि खर्च गर्नु भनेर 2 महिना अगाडि ५०००/- पठायको र बुद्ध लामा भाइ लाई २०००/- सहयोग गरेपछी बचेंको ३०००/- मिसायर सामान किनियो।
(लालिगुँरास रेस्टुरेन्ट एन्ड ट्रेडिङ कतार का दाजु पर्शुराम तथा दिदी पुनम दाहाल एवं हेटौंडा कि रबिना स्यान्तन दिदी लाई बारम्बार सम्झिन चाहन्छौं उहाँहरुको सहयोग को लागि)
आज सम्म हामिले जम्मा गरेको सम्पुर्ण रकम सकियको छ। जम्मा भयको रकममा केही रकम थप गरि गौतम परिवार लाई खुसी दिइयको हो ।
हामिले त जे सक्यौं तेहि गरेंउँ , केही क्षणको मात्रै खुसी दियौं तर भोलि कस्ले दिने? यी बालबालिकाको उज्ववल भबिस्यको गोरेटो कस्ले कोर्ने?
समाजमा रहेका यस्ता बालबालिका हरुलाई हौसला दिऔं, सबै मिलेर पछि सम्मै हुने गरि केही कमाउने,आवस्यकता पुर्ती गर्ने माध्यम दिऔं। हरेक बालबालिका समाजका गहना हुन, रास्ट्रका अमुल्य सम्पत्ति हुन, देशका कर्णाधार हुन । सबै मिलेर आ आफ्नो स्तर बाट हरेक बालबालिकाको मुहारमा मुस्कान ल्याउने काम गरौं।
एक हप्ता भित्र यदि तपाईहरु यसै सन्दर्भमा कुरा गर्न चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ।
9867336808 तथा बिदेशमा हुनुहुन्छ भने 009779867336808 सायद एक हप्ता पछि हाम्रो नेपाल बसाई सकिनेछ।पछि फेरि यस्तै यस्तै साना साना खुसी हरु बोकेर आउँन पाउँ। आशा छ तपाईं हरु सबैको साथ पाउनेछ Miss You Nepal ले । हाम्रो वेबसाईट पनि हेरेर प्रतिकृया दिनुहोला www.missyounepal.com
Miss You Nepal को "मुस्कान" अभियानमा सहयोग गर्नुहुने माहनुभाव हरुको नामावली यसप्रकार छ।
नोट:- रकम नलेख्नुहोला भनेर भन्नुहुने हरुको नाम ठेगाना मात्र लेखियको छ।
>ईशा पुलामी - नवलपरासी ,धारापानी रु. ५०९१/-
>राज कुमारी माखिम - पुबैे लेटाङ भाेगटनी ११ लामीटार साउदी रियल 200/-
>पर्शुराम & पुनम दाहाल (लाली गुराँस रेस्टुरेन्ट & ट्रेडिङ) कतार- Qr.101/-
>रबिना स्यान्तन - हेटौंडा ,कारापुल साउदी रियल-100/-
लक्ष्मण पुरी- झापा,दोहागडी-८
प्रदिप माझी- झापा,दोहागडी-८
सल्मान MD.-झापा,दोहागडी-८
लाल MD.-झापा दुलारी - २
घनश्याम पुन-रोल्पा जौलिपोखरी-४
गोबिन्द खनाल-अर्घाखाँची ,धारापानी -१
पुर्ण ब. घर्ती मगर-रोल्पा जौलिपोखरी-३
दलबहादुर गिरि-रोल्पा जौलिपोखरी-३
पर्शुराम राना-रोल्पा जौलिपोखरी-३
राज ब. रोका-रोल्पा जौलिपोखरी-३
युवराज मगर-रोल्पा जौलि पोखरी-३
रनशिङ मगर-धनकुटा डाँडाबजार-१
महेन्द्र कुमार पुन - दाङ रतनपुर-७
बादल बस्नेत- सुर्खेत,बिरेन्द्रनगर-५
गोबिन्द बिसि.- बाग्लुङ,अधिकारी चोक
कर्ण खड्का- झापा,टोप्गाची-९
दावा तामाङ- हेटौडा,फापरबारी-९
विशाल थापा- पाल्पा ,रामपुर न.पा.-३
सागर कार्की- कोशी,मोरङ,सलकपुर-१४
केशब सुनुवार(किराँती)-सिंधुली, अमले ९
अनिल कुमार घिसिङ- सिंधुली, अमले ९
आशिष् लामा- सिन्धुली ,अमाने ९
तिर्थ लामा - सिन्धुली ,अमाने ९
अबिनय तामाङ - सिंधुली,पुरानो झागाझोले ८
लाल मान बुढा -(सल्यान) दाङ,गनेशपुर
महेन्द्र k बुढाथोकि - सल्यान सिर्पा
उपेन्द्र ओलि - सल्यान सिर्पा
तुलसिराम ओलि - सल्यान सिर्पा
प्रकाश के सि- रोल्पा पाखापानी ७
भिम रसाईली - बाग्लुङ,बुङ्गादोभान -७
दिल बहादुर रसाईली - बाग्लुङ,बुङ्गादोभान -७
याम रसाईली - बाग्लुङ,बुङ्गादोभान -७
श्री प्रसाद श्रीपाली - बाग्लुङ,बुङ्गादोभान-८
उमेश थापा - हेटौंडा,छतिवन -४
सुरज तामाङ - ललितपुर
राम आचार्य - स्याङ्जा ,बागेफड्के -३
बम बहादुर तामाङ- चितवन ,पदमपुर -२
अमीन राजबंशी - मोरङ,दागिहात-१
महेश राजबंशी - मोरङ,दागिहात-१
भक्तलाल राजबंशी - मोरङ,दागिहात-१
थमन जेडि मगर - नवलपरासी,शंखदेब
आशिष् गुरुङ - चितवन ,मेघौली-५
हन्साल गुरुङ - "Time Crazy" FB Group
भरतसिङ घर्ती - रोल्पा पाङ -२
बिजय घर्ती मगर - रोल्पा पाङ -३
बिनास मिनास - रोल्पा पाङ -३
ओम प्रकाश - रोल्पा पाङ -३
उमेश -रोल्पा पाङ -३
शेर बहादुर - रोल्पा पाङ -३
काली प्रसाद -रोल्पा पाङ -३
टेक बहादुर घर्ती मगर - रोल्पा पाङ -२
छत्र बहादुर आङ्बो - झापा भद्रपुर -२ Qr.10/-
प्रेम बहादुर राना मगर - धादिङ , माईदी -६ Qr.5/-
अनिल सिङ - महोत्तरी,मनारा-५(Plaza Mall-45)
ज्योती बन्धु केसि - तनहुँ चन्द्रवती-३ Qr 5/-
तिर्थराज बन्जारा - इटहरी४ सुनसरी
सन्तोश अधिकारी - चितवन भरतपुर-११ Qr.5/-
भलाकाजी तामाङ - सोलुखुम्बु,गोराखानी-८
गणेश बोम्जन - छतिवन १, मकवानपुर
सुरज पान्डे- अर्घाखाँची , चिदिका १(Grand Mall) Qr.7
रुद्र लुइंटेल (क्षितिज)-पोखरा ५
शुशिला - नुवाकोट
शान्ती शाही - चितवन
नवीन राना - जाजरकोट,भुर-७
नेपाल कला परिषद दोहा कतार Qr.10/-
हरि प्रसाद - टोप्गाछि ७,झापा
राजेश सुवेदी - इलाम Qr.10/-
रामु बि.के. - बर्दिया,डाँफे
जेशिका कार्की - नुवाकोट,बेलकोट साउदी रियल-5/-
प्रल्हाद बि.के. - भोजपुर,देउराली १ Qr.5/-
सौरब तामाङ - चितवन
(हाम्रै जानकारिमा सर्लहिका ९ बर्षका बुद्ध लामा बाबू लाई रु. 25000/- डाईरेक उषा दिदिको टिम ले प्रदान गरेको थियो।
हामिले पनि मुस्कान अभियान बाट 5000/- हस्तान्तरण गरेका थियौं।2 महिना अघि तिरको पोस्ट हरुमा देख्न सक्नुहुनेछ। )
Post a Comment