अमर दाई

चर्को कडा स्वभाव का भनेर चिनिने अमर सग को यो मेरो पहिलो भेट थियो वैदेशिक रोजगार को सिलसिलामा मा उहाँ संग मेरो भेट कतार मा भएको हो एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीको फोरमेन हुनुहुन्थ्यो उहाँ । काम लाई भगवान सम्झने अमर जि काम को सिलसिलामा केही चर्को हुनुपर्ने उहाँ को बाध्यता थियो जस्तो लाग्छ ।
   एकदिन निकै भाबुक रूपमा प्रस्तुत हुनुभयो यसअघि उहाँ को यतिको भाबुक अनुहार कहिल्यै देखेको थिइन ।मैले सोधे अमर दाइ के भयो किन उदास हुनुहुन्छ नि? उहाँ ले भन्नू भयो भाइ अविरल आज गोपाल दुर्घटनामा पर्यो उसलाई अस्पताल भर्ना गरेर आएको ।
सधै कडा रूपमा प्रस्तुत हुने अमर दाइ को गोपाल प्रती को यो भाब ले उहाँ भित्र मानवीयताको अराल सागर छ भन्ने कुरामा कुनै दुई मत थिएन ।उहाँ सबै कर्मचारी लाई बराबर ध्यान दिनु हुन्थ्यो । अ्मर दाइ भन्नू हुन्थ्यो भाइ हामी परदेशी को पिडा कसले बुझिदिने है यति भन्दै भाइ भोलि गोपाल लाई भेट्न् जानु पर्छ है भन्दै बिदाइ हुनुभयो ।भोलि पल्ट हामी गोपाल लाई भेट्न् अस्पताल पुग्यौ त्यति बेला गोपाल निकै चिन्तित देखिन्थे उनी गह भरी आँसु बनाउदै अमर सङ भन्न लागे सर एकचोटी मेरि पुस्पा लाई फोन गर्न पाए हुन्थ्यो सधै मेरो आवाज सुनेर मात्रै खाना खाने मेरि पुस्पा हिजो देखि मेरो मोबाइल स्विच अफ हुदा कति पिर मानेकी होलिन ।गह भरी आँसु पार्दै गोपाल कहदै थिय पिर र ब्यथा  अमर ले भन्न्यो भाइ चिन्ता नगर्नु म लगाइदिउला फोन अनि कुरा गरौला नि ।मेरो मन एक तमास को भयो नाना थरी कुराहरु मनभित्र खेल्न थाले देशको बिग्रदो हालत र दैनिक १५३५ युवा हरु बिदेशिनुको पिडा यो कस्ले बुझ्ने आफुले आफैलाइ धिक्कार्दै बस्नुको विकल्प नै छैन ।
अमर गोपाल को फोन लगाउन मा ब्यस्त भए नेपाल को नेट्वोर्क न हो धेरै बेर कोशिस गरेपछि फोन त लाग्यो तर उठेन सायद नयाँ नम्बर होला जस्तो लाग्यो फ़ेरि कोशिस गर्दा फोन लाग्यो फोन रिसिभ भयो निकै मिठो स्वर मा हजुर को बोल्नु भयो होला र कस्लाइ खोज्नु भयो होला यति आवाज आउदै गर्दा् गोपाल को गह भरी आँसु भएका थिय आफ्नो यथार्थता बताउ कि नबताउ उनी आफै दोधार भए र गाह्रो मानेर काली म तिम्रो गोपाल  यति मात्रै भन्न के पाएका थिए उता बाट उनी आतिदै किन हो हिजो देखि नै हजुरको मोबाइल अफ छ आज फेरि नयाँ नम्बर छ त कि मोबाईल हराउनु भयो? गोपाल केही बोल्न सकेनन्  फेरि उनि आतिदै कि हजुरलाइ सन्चो छैन र ?सपना पनि नराम्रो देखिकी थिया हजुर भन्नू न के भयो तपाई लाई गोपाल किमकर्तब्यबिमुढ भयो उसको हात बाट मोबाइल खस्यो फेरि अमर दाइ ले मोबाइल उठाउदै अश्मी जि गोपाल कामको सिलसिलामा दुर्घटना मा परे अहिले उनको अबस्थामा धेरै सुधार छ आतिनुपर्दैन म उनको कम्पनी को फोरम्यान हु हजुर लाई केही समस्या पर्यो भने यो नम्बर मा कल गर्नु होला यति भन्दा अश्मी निकै भाबबिहल भइन साथैमा उनकी 2 बर्ष कि छोरी पुस्पा पनि थिइन उनी ममि सङ बाबा सङ कुरा गर्छु भन्दै जिद्दी गर्दै थिइन र अमर ले दिनु न नानी लाई फोन भने र छोरी सङ गोपाल लाई गफ गर्न भने नानी भन्दै थिइन बाबा मलाई गुडिया र धेरै खानेकुरा लिएर कहिले आउनु हुन्छ ? तर यस्को जवाफ थिएन गोपाल संग तर पनि सुस्तै भनिदिए छोरी म दशै मा आउछु ल मामी सङ झगडा नगर्नु ल अब बाबा ले फोन नगरे पनि खाना खानु ल यिनै र यस्तै कुरा गरेर त्यो दिन बिदा भएर आइयो अमर दाइ ले धेरै सोच्यो त्यो सानी नानी को आवाज उहाँ को कानमा गुन्जिरह्यो ।
अमर दाइको बिहे भएको निकै बर्ष भएको थियो तर सन्तान भएको थिएन त्यही भएर होला उहाँ लाई पुस्पा को स्वर ले निकै सोचनिय बनायो ।सधैं जस्तो उहा अश्मी लाई गोपाल को खबर भन्ने निहुँ बनाएर पुस्पाको स्वर सुन्न थालिसक्नु भएको थियो अहिले त पुस्पा को स्वर नसुनिकन अमर दाइ लाई खाना नै नरुच्ने भइ सकेको थियो र पुस्पा लाई पनि त्यस्तै हुनलागेको थियो
यता गोपाल को अबस्थामा पनि निकै सुधार आइरहेको थियो एकदिन अमर दाइ कै सहयोगमा कम्पनी ले ५ महिना को बिदा मिलाइदियो विभिन्न साथिभाइ हरु सङ र आफनै पैसा गरेर अमर ले गोपाल को छोरी पुस्पा निकट भबिस्य मा राम्रोसँग पढ्न को लागि करिब १० लाख रुपैया पनि जम्मा गरिदियो र ल गोपाल ५ महिना छुट्टी सकेर आउ है भनेर पुस्पा लाई गुडिया हरु किनेर यो अ्मर अन्कल ले दिएको भन्नू है भन्दै झोला मा हालिदियो तर उडान भने २ दिन पछि मात्रै थियो सबै तयारी पूरा भएको थियोे ।अ्मर ले फोन गरेर अश्मी लाई गोपाल आउन लागेको खबर सुनाइदियो अश्मी निकै खुशी भइ अ्मर ले पुस्पा लाई पनि बाबा सङ गुडिया पठाइदिएको छु खेल्नु ल पछि म भेट्न् आउदा पनि ल्याइदिउला भन्न्यो पुस्पा निकै खुशी भइन अ्मर  दाइको यो महान कार्यको चारै तिर चर्चा हुन थाल्यो अहिले विकसित सन्चार युग ले यो खबर कुना कुनामा पुग्यो।यो खबर अमर दाइ कि जिबन सङिनी कृपा ले पनि थाहा पाइन् सारा मान्छे हरु ले अमर दाइ लाई बधाई दिए परन्तु तर कृपा लाई यो अमर दाइ को काम कत्तिपनी मनपरेन र उनी रिसाउदै फोन गरिन के हो कतिको धनी छु जस्तो लाग्छ आफुलाइ पैसा बाड्दै हिंड्न् लाई ?किन फोन सधैं ब्यस्त रहन्छ भनेकी त दसतिर फोन गरेर पो रहेछ हगि ?मैले बच्चा नजन्माएर मलाई हेला गरेको होइन र मलाइ थाह भइहाल्यो नि? यिनै र यस्तै कुरा गर्दै निकै बेर कृपा भाउजू फत्फताइरहिन अ्मर दाइ ले धेरै कोशिस गरे सम्झाउन सकेनन उ एकोहोरो जिद्दी गरिरहिन गोपाल लाई आफुले एउटा मानबिय नाता ले र एउटा सगै काम गर्ने सहयात्री भएको ले आफ्नो जिम्मेवारी मात्र पूरा गरेको बताए पनि यो कुरा कृपा भाउजू मान्ने पक्षमा थिइनन ।दिक्क हुँदै अ्मर दाइले फोन काटि  दिनुभयो तर यसको परिणाम नराम्रो निक्लियो कृपा भाउजू ले आफुले आफुलाइ बढी लोभ लाल्ची ले गर्दा समाल्न सक्नु भएन र आत्महत्या गर्नु भयो दाइ ले उहाँ लाई कुनै कुरा को कमि राख्नु भएको थियन तर उहाँ को आफनै घमण्ड लोभ र लालची पन ले आफै ले आफुलाइ यो सन्सार बाट तिलान्जली दिनुभयो यो घटना ले अमर दाइ लाई निकै मर्माहत बनायो यो खबर पनि निकै छिटो भाइरल भएर सोसल मिडिया मा आयो धेरै ले यो खबर प्रती दुखित हुँदै समबेदना प्रकट गरे गोपाल पनि दुखित हुँदै सर मेरो कारण ले हजुरको सन्सार उजाड भयो है भन्दै थियो उता अश्मी ले पनि फोन गरेर सर हजुर को सन्सार हामी ले गर्दा भताभुङ भयो है भन्दै थिइ तर अमर ले गोपाल र अश्मी दुबै लाई यसमा तिमिहरु दुबैको कुनै दोष छैन तिमिहरु निर्दोष छौ यो त मेरो कमजोरी हो मैले कृपा लाई बुझाउन सकिन ।
आज बिहानै एयर अरेबिया को फ्लाइट बाट गोपाल को यात्रा तय हुँदै थियो उता अश्मी र पुस्पा गोपाल को प्रतीक्षा मा आतुर थिए सबै कुराको तयारी गरि अमर दाइ गोपाल लाई बिमानस्थल छोडेर बिदाइ को हात हल्लाउँदै फर्कनु भयो उता बाट अश्मि पनि बिमानस्थल बाहिर गोपाल को आगमन को प्रतीक्षा मा थिइन र उनले अ्मर लाई फोन गरेर सर हजुरले लगाउनु भएको यो गुण म हजुरको दासी भएर पनि तिर्न सक्दिन होला कसरी चुक्ता गरु खोइ ? यति भन्दा नभन्दै अमर भन्नुहुन्छ अश्मी जि यो मैले खासै केही गरेको छु जस्तो मलाई लाग्दैन यो त केबल मेरो मानबिय धर्म मात्रै पूरा गरेको हु ल हुन्छ ४ घन्टा पछि गोपाल आइपुग्छ्न आइपुगे पछि फोन गर्नु ल भन्दै फोन राखिदिनु हुन्छ दाइ ले ।
बिश्व को तेस्रो खराब बिमानस्थलमा दर्ज गराएको नेपाल को एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल दिनानुदिन आफ्नो बिस्वस्नियता गुमाउदै गएको छ ।अमर लाई आज दिन भर काम गर्ने जागर छैन उहालाइ गोपाल अश्मी पुस्पा र आफ्नी दिबङत भएकी कृपाको बारेमा सोच्दासोचदै एक छिन मै उनको ध्यान टि भि तिर खिचिन्छ नेपालमा विमान दुर्घटना ओहो लौ बर्बाद भयो कुन प्लेन रहेछ भनी हतपत्त नेट खोलेर हेरे आखिर गोपाल लाई नै पठाएको प्लेन दुर्घटनामा पर्यो सवार सबै यात्रु हरु को मृत्यु भएको सरकारी रिपोर्ट आउने क्रम जारी थियो अश्मी र पुस्पा को प्रतीक्षा को घडी सदा सदाको लागि प्रतीक्षा मा नै रहने भयो ।तुरुन्तै नेपाल बाट फोन आयो फोन अश्मी को नै थियो अब के उत्तर दिने कुनै जवाफ थियन दाइ सङ तर पनि फोन त उठाउनु नै पर्ने थियो अश्मी रुदै सर यो के भयो ?? दाइ सङ कुनै जवाफ थिएन रुदारुदै अश्मी बेहोस भइछ्न र अस्पताल पुराएछ ।
दिनहरु बित्दै गयो तर अमर को आत्मा ले शान्ति पाएन एकातिर कृपा ले गरेको आत्महत्या थियो भने अर्को तिर जस्को लागि केही होस भनेर गरेको उसको पनि यो संसार मा कुनै अस्थित्व रहेन झन पिडा हुन थाल्यो अश्मी को बाकी दिन र पुस्पा को भबिस्य प्रती ।पुस्पा सङ नबोलेको पनि धेरै दिन भएको थियो बोलु भने भने पनि के भन्ने पिडा ले अमर लाई जिउदै जलाए जस्तै भएको थियो ।
यतिका बर्ष साथी गरेको र गोपाल को हरेक सहयोग एकदमै नजीक बाट नियालेको नाता ले मैले एक दिन अमर लाई भने दाइ अब यदि हजुर पुस्पा लाई खुशी र उनको भबिस्य देख्न चहानु हुन्छ भने तपाई ले पुस्पालाइ छोरी र अश्मी लाई जिबन साथी बनाउनु को बिकल्प हुदैन भने जवाफ मा दाइ ले भन्नू भयो अविरल यो कुरा म कसरी राख्न सक्छु अश्मी सङ उनले मलाई कति सम्मान गर्छिन फेरि कतै निच सोचिन भने ? दाइ हजुर को यो तर्क पनि जायज हो तर अर्को बिकल्प पनि छैन अश्मी लाई पनि साहरा को जरुरत छ फेरि तपाईंको बारेमा पनि उहाँ लाई सबै कुरा थाह छ ।ठिकै छ तपाईं ले अरुको लागि यति धेरै गर्नु भयो एकचोटि तपाईं को लागि म कोशिस गरेर हेर्छु भन्दै बिदा भए र बेलुका कोठामा आएर अश्मी लाई फोन लागाए उनलाइ यो मेरो नम्बर हो भन्ने पनि थाहा थियो किनकी कहिले कहि दाइले गोपाल लाई कुरा गराउदा यो नम्बरको प्रयोग गर्नुहुन्थ्यो र हामी सबै बोल्ने गर्थयौ फोन उठेन धेरै बेर कोशिश गरेपछी फोन उठयो तर पहिले जस्तो स्वर थिएन निकै निराश स्वर थियो उनको मैले बैनी के छ खबर भनेर सोधे उनी रुदै जवाफ दिइन दाइ २ थोपा आँसु पनि सकिदै छ अब उनको कुरा को निधो पाउन निकै गाह्रो भयो मलाई खोइ कसरी सुरु गरु भन्दै निकै साहस बटुलेर आफुले दाइ सङ गरेको कुरा सुनाइदिए एकछिन उनी केही बोलिनन एकछिन पछि म जस्तो अभागी को पछि लागेर के गर्नु यति मात्र भनिन मैले भने बहिनि तिमी राजी छौ भने अमर दाइ तिमिलाइ आफ्नो बनाउन तयार हुनुहुन्छ यो तिम्रो लागि भन्दा पनि पुस्पाको लागि बरदान साबित हुनेछ किनकी अमर दाइ पुस्पा लाई यति धेरै माया गर्नुहुन्छ कि त्यसको कुनै मोलमोलाइ नै छैन उहाँ पुस्पा लाई ठुलो मान्छे बनेको हेर्न चहानुहुन्छ ।अश्मी जिबनको अर्को नाम सम्झौता पनि हो बाकी तिम्रो बिचार यति भन्दै गर्दा अश्मी धेरै रुदै अविरल दाइ हजुरको भात्री स्नेह कहिल्यै भुल्ने छैन र हजुरको निणय लाई मान्ने छु भनिन यति कुरा भइसकेपछि अमर दाइ र म छुट्टी मिलाएर नेपाल गएर अश्मी र पुस्पा लाई भेटियो दाइ ले पुस्पा लाई देख्नेबित्तिकै अङालोमा लिएर बढो प्रेम भाब मा लिइरहे सदा सदा खुसी र मानसिक सुखी राख्ने बाचा गरि मलाई अश्मिको अभिभावक सम्झी अश्मिको खुसी फेरि फर्काउनु भयो अमर दाइ ले ।
गोविन्द लामिछाने ( अविरल ) ।
एसियन टाउन दोहा कतार ।
को कस्को कथा संग्रह बाट लेखक गोबिन्द लामिछाने ( अविरल ) ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.