"रामचन्द्र तिमिल्सिना बचाऊ अभियान" - जम्मा २० दिन को समयसिमा !!!

"रामचन्द्र तिमिल्सिना बचाऊ अभियान" - जम्मा २० दिन को समयसिमा !!!
==============================
मिति २०७३ साउन २१ गते शुक्रबार तदनुसार अगष्ट ५, २०१६ का दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिमा आबद्ध प्रवास स्थित बिभिन्न देशहरुको आकस्मिक बैठक बसी सडक यातायात दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका जिल्ला काभ्रेपलान्चोक कुशादेबी गाबिस वडा न २ निवासी शेषनारायण तिमिल्सिनाको छोरा रामचन्द्र तिमिल्सिनालाइ साउदी को कानुन आनुसार मृत्युदण्डको सजाय तोकिएको हुदा निज रामचन्द्र तिमिल्सिना बचाऊ अभियान चलाउने निर्णय गर्दै चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका प्रवास संयोजक श्री समिर केसी ज्यु को संयोजकत्वमा समन्वयमा आबद्ध देशहरु सदस्य रहने गरि आर्थिक संकलन समिति निर्माण गर्दै रामचन्द्र बचाऊ अभियानलाइ व्यापकरुपमा विश्वभरी रहेका सम्पूर्ण नेपालीहरुमा आर्थिक सहयोग गरी रामचन्द्र तिमिल्सिनाको जीवन रक्षा गरिदिनु हुनको लागि हार्दिक अपिल गर्दछौ ।
रोजगारीको सिलसिलामा नेपाल बाट मध्यपूर्वी खाडी राष्ट्र कतार मा कार्यरत रहनु भएका सम्पुर्ण नेपाली दाजु -भाई , दिदी बाहिनीहरु सबै ले सहयोगका लागि हाते - मालो गरिदिनु हुन आग्रह गर्दछौ।
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति का लागि कतार को तर्फ बाट 
भुमी राज कार्की - मोबाईल = ७००५००६८  (अध्यक्ष) चितवन युवा समुह - दोहा, कतार
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति प्रवास सम्योजक -
समिर खत्री - मोबाईल = ६६६४०२४१
मा संपर्क गरी आ-आफ्नो तर्फ बाट एस अभियान लाई सहयोग गर्नु हुन अपिल गर्दछौ !
प्रार्थी:-
सुरेश परीयार 
महा सचिव
एवंम
सम्पुर्ण चितवन युवा समुह - दोहा, कतार परिवार
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.