छोरीहरुले मेडेल जिते संगै मैले संसार जिते

छोरीहरुले मेडेल जिते संगै मैले संसार जिते
हुर्कीएकी छोरी म माथी आम बुवाआमाको जस्तै सपना थियो होला मेरा बुवाआमाको पनी म माथी थाहा छैन मैले उहाहरुको सपनालाई पूरा हुननसक्दा कति मन दुखेको छ तर आज मेरो सपना पूरा भएको छ मैले संसार जितेको छु ।
साहारा संग जोडीएको तिन बर्ष भन्दा लामो समय भयो आमाले जस्तै माया गरी कर्तव्य र जिम्वेवारी सिकाउने दिदीको माया काखैमा छुनमुन छुनमुनाउने नानुहरुको अघात प्रेमको आर्कषणले मलाई कहिल्ल्यै छोडेन र छोड्ने पनि छैन । तिन बर्ष देखी नानुहरुको मुहारमा खुसी ल्याउन आफ्ना खुसी पछ्याएको थिए पारीवार देखी टाढा रहेर फेरी नानुहरुलाई पारीबारीक माया दिने प्रयासमा थिए । नानुहरुको सफल्तालाई आफ्नो सपना मानेको थिए र छु आज छोरीहरुले टेकोको सफल्ताको मन्जीलले मेरो जिवनको एउटा ठुलो सपना पूरा भएको छ एउटा जिवनको ठुलो खेलमा मेरो जित भएको छ । बिहान दिदी को आशिवाद लिएर घरबाट नानुहरुलाई डो¥याउर्दै निस्केदेखी नै कस्तो हुने हो भन्ने कौतुहलता मनमा थियो गेममा नानुहरुले नसोचेक सफल्ता प्राप्त गर्दा एक पछि आर्को हुदै सफल्ता नानुहरुले चुम्दा खुसीको सिमा रहेन । अभिभावक हुनुको अर्थ बल्ल बुझे  नानुहरु माथीको सपनाले गर्दा आज बुवाआमाले म माथी देख्नुभएको सपनाको हेक्का भयो मलाई बिश्वास छ मेरो सपना सपना पूरा हुदा बुवाआमा पँक्कै खुसी हुनुहुन्छ एउटा अभिभावकलाई आफ्ना सन्तानको खुसी भन्दा अर्को कुनै ठुलो सपना नै हुदोरहेनछ महसुस गरेंं।
- Sony Sahara
साहाराको घर चितवन

एक पल्ट समय निकालेर जसै पनि हेर्नु ल ।

साहाराको घरको जानकारी यस सानो डकुमेन्ट्री हेरेर पनि लिन सकिन्छ । यसरी द्रुत गतिमा अगाडी बढ्नुमा सम्पूर्ण सहयोगी सुभ चिन्तक लगाएत सम्पूर्ण माया गर्ने साथीहरुको साथ ले मात्र सम्भव भएको हो ।

https://www.youtube.com/watch?v=Gkxm4YvyZCg
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.