रामचन्द्र तिमल्सिना बचाउ अभियान NRNA NCC को सहयोग ,,,

रामचन्द्र तिमल्सिना बचाउ अभियान NRNA NCC को सहयोग ,,,
रामचन्द्र तिमल्सिना बचाउ अभियान अन्तर्गत चितवन समाज इजरायलले ब्लड मनिकोलागि शुरु गरेको आर्थिक सहयोग संकलनमा इजरायलमा रहेका परोपकारी व्यक्तित्वहरुबाट सहयोग आउने क्रम उत्साहजनक रुपमा बढी रहेको छ । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इजरायल (NRNA NCC )को तर्फबाट अध्यक्ष श्री दीपक प्रसाद ओली मार्फत एकमुष्ट रु.25000|-पच्चीस हजार रुपैया प्राप्त भएको छ । चितवन समाज इजरायलले शुरु गरेको यो अभियानमा खुल्ला मनले सहयोग पुर्याउनु हुने एनआरएन इजरायलका अध्यक्ष दीपक प्रसाद ओली लगायतका सम्पूर्ण पदाधिकारीज्यूहरु ,अन्य संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ,यस अभियानको    प्रचार-प्रचार गर्दै आर्थिक सहयोगको लागि समाचार संप्रेषण गर्नु हुने अनलाइन मिडियाका पत्रकारज्यूहरु,समाजसेवी व्यक्तित्वहरु लगायत व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्नु हुने इजरायलवासी कोमल हृदयका धनी सम्पूर्ण धर्मात्मा दाजुभाइ दिदीबहिनीहरुमा चितवन समाज इजरायल हार्दिक कृतज्ञता सहित लाखौँ लाख धन्यवाद व्यक्त गर्दछ । यस्ता परोपकारी कार्यले यहाँहरुको जीवनमा खुसी,आनन्द र दीर्घायू मिलोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ l
चितवन  समाज इजरायल
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.