बहराईनमा "तिहार विशेष देउसी भैलो एवम नेपाली साङ्गितिक साझ-2016"

सम्पुर्ण बहराइन बासी नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा जानकारी !!!

हाम्रो गौरवमय संस्था "अन्तर्राष्ट्रिय कलाकार मन्च,बहराइन (शाखा)" को तेस्रो प्रस्तुती नेपाली हरुको दोस्रो ठूलो महान  चाड शुभदीपावली को पावन अवसर मा "तिहार विशेष देउसी भैलो एवम नेपाली साङ्गितिक साझ-2016" को आयोजना गर्न गैरहेको छ। शुभदीपावली को पावन अवसर मा शुभकामना आदान प्रदान तथा आफ्नो चाड पर्व,रिति तिथि,संस्कृति लाई जोगाइ राखौ भन्ने हेतुले उक्त कार्यक्रम को आयोजना गर्न लागिएको हो। साथै विशेष गरेर गत साल बैशाख १२ को भुकम्प मा आफ्नो गाँस,बाँस,कपास गुमाएका भुकम्प पीडित त्यसमाथि पनि दृस्टिबिहिन बालबालिका हरुको सहयोगार्थ यो कार्यक्रम को आयोजना गरिएको हो। नुवाकोट जिल्लाको तुप्चे-२ अक्करे भन्ने ठाउँमा रहेको करिब २५/२६ जना दृस्टिबिहिन बालबालिका हरु बस्दै आएको गत साल को भुकम्प ले क्षत बिक्षत भएको आवास पुर्ण: निर्माण सहयोगार्थ यो कार्यक्रम को मुख्य उदेश्य हो। तसर्थ सम्पुर्ण बहराइन बासी नेपाली दाजु भाइ दिदी बहिनी हरु, बहराइन मा कृयाशिल विभिन्न संघ संस्था हरु, विभिन्न राजनितीक पार्टी का भातृसङ्गठन हरु, समाजसेवी,बुद्धि जिवि बर्ग, उद्योगी ब्यापारी,पत्रकार साथी हरु,कलाकार साथी हरु लगायत तमाम बहराइन बासी नेपाली समुदाय लाई कार्यक्रम मा आ-आफ्नो ठाउँ बाट सके सम्म को सहयोग गरिदिनु हुन साथै हाम्रो यो नितान्त दृस्टिबिहिन बालबालिका हरुको सहयोगार्थ हुन लागेको कार्यक्रम लाई भब्य एवम सभ्य रुपमा सप्पन्न गराइदिनु हुन हामी अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन (शाखा) परिवार हार्दिक अनुरोध गर्दछौ।

नोट :- विशेष कारण बस हामीले पुर्व घोसित नृत्य प्रतियोगिता यो कार्यक्रम मा समाबेश गर्न नसकेको पनि जानकारी गराउन चाहान्छौ।

कार्यक्रम हुने स्थान र जानकारी :-

मिति :- 04-11-2016 , शुक्रबार

स्थान :- डेल्मोन इन्टरनेसनल होटल , मानामा

समय :- दिनको 3 बजे देखि

टिकट दर :- बि.डि. 4/- मात्र (बहराइन दिनार)

आयोजक :- अन्तर्राष्ट्रिय कलाकार मन्च , बहराइन (शाखा) , परिवार

नेपाल बाट आमन्त्रित कलाकार हरु :-

(१) जुना प्रसाईं

(२) जशोदा सुब्बा
- अन्तराष्ट्रिय कलाकार मंच बहराइन

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.