आमा को सम्झनामा"म तिम्रो छोरा" छोरा सम्झी झर्या आँसु रोक्दै होलान् आमा ! बुढेसकालमा ठुलो भारी बोक्दै होलान् आमा !!

आमा को सम्झनामा

म तिम्रो छोरा

छोरा सम्झी झर्या  आँसु रोक्दै होलान् आमा !
बुढेसकालमा ठुलो भारी बोक्दै होलान् आमा !!

हल्ला सुन्छु बिमारि ले थला पर्यो बाबा पनि !
मलाई सम्झी पिढी बसि खोक्दै होलान् आमा !!

भन्यौ होला दुखमा नि छोरा छोरी छैन साथमा !
प्रदेशी छोरा सम्झी टाउको ठोक्दै होलान् आमा !!

जहाँ गए पनि मलाई कोखिलामै च्यापी हिड्थ्यौ !
झर्दा आँसु हत्केलाले माया जोख्दै होलान् आमा !!

रुदै रुदै कहिले आउँछ मेरो प्यारो छोरा भन्दै !
धेरै पटक चर्च , गुम्बा, मन्दिर ढोग्दै होलान् आमा !!
धेरै पटक चर्च , गुम्बा, मन्दिर ढोग्दै होलान् आमा !!

उहीँ हजुर को छोरा
सात समुन्द्र पारी देखि
Himal Thapa Magar
Bibass@asu

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.