चितवन युवा समूह " अन्तराष्टिय समन्वय समिती नेपालको " अगुवाईमा प्रवासमा स्थापना भएको चितवन जिल्लाबासीहरूको साझा सामाजिक संस्थाहरूको पहलमा साऊदी अरबमा मृत्युदण्डको सजाय जस्तो संवेदनशिल गहन कुरामा हाल जेलको चिसो सिंढीमा कष्टकर जीवन व्यतित गरिरहनु भएका काभ्रे जिल्ला कुशादेवी गाबिस वडा नम्वर २ का स्थानिय बासी श्री शेष नारायण तिमील्सिनाका छोरा श्री रामचन्द्र तिमील्सिना बचाऊ अभियानमा बहराईनको नेपाली समाजमा प्रतिष्ठित केही सामाजिक संघ संस्थाहरूलाई आर्थिक सहयोग गरिदिनु भन्ने व्याहोरा सहितको रामचन्द्र बचाऊ अभियानका लागी चितवन सेवा समाज बहराईनको तर्फबाट औपचारिक रूपमा पत्रचार गरेका थियौं । चितवन सेवा समाज बहराईनको कार्यसमितीका साथै बहराईनमा रोजगारीका क्रममा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले व्यक्तिगत रूपमा र अन्य बहराईनको हकमा नेपाली समाजका नौ वटा बिशिष्ठ सामाजिक संघ संस्थाहरूबाट रामचन्द्र बचाऊ अभियानको लागी आर्थिक सहयोग प्राप्त भएको थियो । जसमा चितवन सेवा समाज बहराईनको कार्यसमितीबाट र व्यक्तिगत रूपमा उठेको संकलित रकम ( BD 451.200/-)र बहराईनका नौ सामाजिक संघ संस्थाहरूबाट ( BD 278.000/- ) गरि जम्मा BD. 729.200/- ) सोचेको भन्दा धेरै राम्रो आर्थिक सहयोग रकम संकलन भई यस संस्थाका केन्द्रिय कार्यालयका पदाधिकारी ज्यूहरू मार्फत निज पिडीतकी श्रीमती सरिता तिमील्सिना ज्यूलाई रामचन्द्र बचाऊ अभियानको लागी संकलित रक़म हस्तान्तरण गर्न निजकै घरमा पुगी त्याहाँको बास्तविक बस्तुपुरक परिस्थिती बुझ्दा अन्य बिविध प्राविधिक कारणले गर्दा सो आर्थिक संकलित रकम सम्बन्धित पिडीत निकायबाट नै रक़मको पारदर्शिता सहि सदुपयोग नहुने अवस्थाको सिर्जना हुने कुरालाई दृष्टिगत गर्दै चितवन सेवा समाज बहराईनबाट रामचन्द्र बचाऊ अभियानको लागी उठेको संकलित रूपमा आर्थिक सहयोग एकमुष्ट रकमलाई नेपालबाट बहराईनमा पुन:फिर्ता गर्ने र बहराईनका सामाजिक संघ संस्थाहरूबाट उठेको सो आर्थिक सहयोग रकम फिर्ता दिने र व्यक्तिगत प्रयोजनबाट उठेको संकलित आर्थिक सहयोग रकमको हकमा भने दुईवटा बिकल्प अघि सारिएको छ। पहिलो बिकल्पको रूपमा चितवन सेवा समाज बहराईनको कार्यसमितीका सहकर्मी मित्रहरूबाट उठेको संकलित रकम तथा बहराईनमा रोजगारी गर्ने चितवन जिल्लाबासी जो यस संस्थाको साधारण सदस्यता प्राप्त नगरेको अवस्थाको व्यक्ति बिशेषबाट संकलित आर्थिक सहयोग रकम यस संस्थाकै परोपकारी कोषमा राखिने छ । यो परोपकारी कोषमा जम्मा भएको आर्थिक संकलित रकम बहराईनमा कुनै पनि भैपरि तथा आकस्मिक र अकल्पनीय रूपमा आउने समस्या समधानका लागी प्रयोगमा ल्याईने छ भने दोस्रो बिकल्पको रूपमा चितवन जिल्ला भन्दा बाहिरका जिल्लाको हकमा भन्नुपर्दा निज आर्थिक सहयोग गर्ने व्यक्ति बिशेषले फिर्ता लिन चाहेको खण्डमा आजको मिती देखि लागू हुने गरि १५ तारीख सेप्टेम्बर २०१६ सम्मको समयसम्मको अवधि भित्रमा रकम फिर्ता लिन सक्ने प्रावधान राखिएको छ । रकम फिर्ता लिन इच्छुक व्यक्ति बिशेषले चितवन सेवा समाज बहराईनका कुनै पनि कार्यसमितीका पदाधिकारी तथा सल्लाहाकारहरूसँग सम्पर्क गरि आफ्नो रकम फिर्ता लिन सक्नु हुनेछ। तर माथी उल्लेखित मितीको अवधि नाघेको खण्डमा भने फिर्ता नदिई स्वंत चितवन सेवा समाज बहराईनको परोपकारी कोषमा जम्मा गरिने जानकारी गराउन चाहान्छौं ।
यस चितवन सेवा समाज बहराईनको पहलमा रामचन्द्र बचाऊ अभियानका क्रममा आर्थिक सहयोग गर्नु हुने सहयोगी सामाजिक संघ संस्थाहरू लगायत सम्पूर्ण बहराईनलाई कर्मथलो बनाउनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीका साथै चितवन सेवा समाज बहराईनका सम्पूर्ण सहकर्मी सहयोगी मित्रहरूलाई चितवन सेवा समाज बहराईन सपरिवारको तर्फबाट धेरै धेरै धन्याबाद व्यक्त गर्न चाहान्छौं ।
प्रार्थी:-
बेदराज पौडेल
अध्यक्ष
चितवन सेवा समाज बहराईन ।
Post a Comment