रोल्पा जलजल सेवा समाज को भाग्यशाली चिठ्ठा तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न।

रोल्पा जलजल सेवा समाज को भाग्यशाली चिठ्ठा तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न।

"नबराज पुन मगर
तपाईं हामी एक अर्कामा हुनुपर्छ सहकार्य, सहयोगी हात हरु आजको अपरिहार्य" भन्ने मुल नारा का साथ जलजला सहयोग कोष स्थापना का लागि रोल्पा जलजला सेवा समाज को भाग्यशाली उपहार चिट्ठा तथा बिबिध सास्कृतिक कार्यक्रम दोहाको नज्मा स्थित अलनकवायन रेस्टुरेन्ट मा सम्पन्न भएको छ।

समाजका अध्यक्ष वसन्त थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम को प्रमुख अथिती गैर आवसिय नेपाली संघ कतारका कोषाध्यक्ष भेषराज  पराजुली रहनु भएको थियो।समाजका महासचिव चोम बिष्ट र जलजला साङेतिक समुहका संयोजक अज्ञात क्षेत्री को संचालनमा रहेको कार्यक्रम लाई कार्यक्रमका सभापति, प्रमुख अथिती, बिशेष अथिती लगयत ले सयुक्त रुपमा ब्यानर खोली कार्यक्रम को उदघाटन गर्नु भएको थियो। समाजका पुर्ब महासचीब एकराज सुबेदिको स्वागत मन्तव्य र जलजला साङेतिक समुहको स्वागत गीत बाट शुरु भएको कार्यक्रममा गैर आवसिय नेपाली संघ कतारका भेषराज पराजुलि, जनप्रगतिशिल मंच कतारका सन्नी कुमार वलि,दाङ देउखुरी सेवा समाजका वसन्त राज पुरि, कास्की आदर्श सेवा समाजका मन प्रसाद राणा मगर, प्युठान सेवा समाजका बलदेब राणा, गुल्मी सेवा समाजका युवराज पाण्डे, बराहक्षेत्र संरक्षण समितिका बलराम जैसी, सुदुर पश्चिम सेवा समाजका लिला अधिकारी, नेपाली एकता समाजका बुद्दिजिबी कमल आचार्य, रोल्पा जलजला सेवा समजका सुर्य बहादुर बिक लगाएत ले मन्तब्य राख्नु भएको थियो।
कार्यक्रमको बिच बिचमा विभिन्न सास्कृतिक प्रस्तुति हरु पनि राखिएको थियो, लोक गायक बलबिक्रम थापा, क्षितिज किरण गैरे, गायिका सुस्मा पुन, कमला वलि(गुरुङ ), भगवती बस्याल, पुर्णिमा मगर, बिमल ढकाल, जीवन संगीत बि सि, जीवन खडका,सन्दीप राणाभाट,रेगम जि सि लगायत का थुप्रै कलाकार हरुले गीत, नृत्य, नाटक प्रस्तुत गर्नु भएको थियो।

भाग्यशाली उपहार चिट्ठा मा प्रथम पुरस्कार  चिट्ठा न २२२४ (रामु गुरुङ) , दोश्रो पुरस्कार चिट्ठा न ०६९९ ( अनिल वलि),तेस्रो पुरस्कार चिट्ठा न ०९८३ (टेकराज योगि), चौथो पुरस्कार, चिट्ठा न १७४२ ( होम कुमाल), पाचौ पुरस्कार चिट्ठा न १२७९( बुद्दिबल जि एम), छैठौं पुरस्कार चिठ्ठा न २३९९ (प्रकाश् योगि), सातौ पुरस्कार चिटठा न २०३९ (अबिनास श्रेष्ठ), र आठौ पुरस्कार चिट्ठ न २२८० (जीवन घर्ती) लाई परेको छ।कार्यक्रम को अन्तमा कार्यक्रमका सभापति सस्थाका अध्यक्ष वसन्त थापा ले कार्यक्रम सफल बनाउनु उपस्थिती जनाउनु भएका सबैलाइ कार्यक्रम को अन्त सम्म साथ दिनु हुने सबैलाइ धन्यवाद दिदै कार्यक्रम को समापन गर्नु भएको थियो।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.