जितु नेपाल (मुन्द्रे) ले भने "अर्पण जस्तो तेज दिमाग भएको मान्छे हुनु पर्छ प्रधानमन्त्री" “पूर्व विद्यार्थी समाज” भृकुटी मा.वि

जितु नेपाल (मुन्द्रे) ले भने "अर्पण जस्तो तेज दिमाग भएको मान्छे हुनु पर्छ प्रधानमन्त्री"

“पूर्व विद्यार्थी समाज” भृकुटी मा.वि.को आयोजनामा मंगलबार मेहेनती, विपन्न, सीमान्तकृत, दलित विद्यार्थीको हितका लागि सहयोग पुग्ने गरि अक्षयकोष स्थापनार्थ दशैं विशेष शुभकामना तथा सांगीतिक कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु विल्सन विक्रम राई (तोक्मे बुढो), जितु नेपाल (मुन्द्रे), सुरेन्द्र के.सी. (मुलाको साग), राजाराजेन्द्र पोखरेल, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), माण्डवी त्रिपाठी, सृजना रेग्मीले विविध हास्य व्यंगात्मक, साँगितिक/साँस्कृतिक प्रस्तुतीहरु दिएका थिए। 

सोही कार्यक्रममा अन्तरास्ट्रिय प्रतिभा स्मरण शक्तिमा गिनिज बुक रेकर्ड होल्डर अर्पण शर्माले गीत गाउँदै वाईट बोर्डमा लेखिएका २५ वटा शब्दहरु एकै छिन् मा याद गरी अगाडी पछाडी बाट फरर भनेका थिए । बीच बाट यो नम्बरमा के छ, वा यो नाम कुन नम्बरमा छ भनेर दर्शकले सोद्धा पनि फ्याट फ्याटी मिलाएर सबैलाई आश्चर्यचकित पारेका थिए ।

सोही कार्यक्रममा उपस्थित जितु नेपाल (मुन्द्रे) ले आफ्नो हास्य व्यंगात्मक प्रस्तुति गर्दै अर्पण शर्माको तेज स्मरण शक्तिको प्रशंसा पनि गरे । अर्पण शर्मा को प्रतिभा देखेर छक्क परेका मुन्द्रेले भने अहिले भर्खरै हामी बीचमा एक जना भाईले अचम्म को स्मरण शक्ति देखाएर गएका छन्, स्मरण शक्ति भनेको त त्यस्तो पो हुनु पर्छ त, १० नम्बरमा के छ भन्दा पनि फ्याट्टै, एति नम्बरमा उति नम्बरमा सबै; हाम्रा देश का प्रधानमन्त्रीहरुको स्मरण शक्ति त यति कमजोर छ कि भारत गए भने नेपाल नै बिर्सिन्छन । अर्पण भाई जस्तो दिमाग भएको मान्छे प्रधानमन्त्री भए पो यता पांचथर, यता मोरंग, एता त्यो उता त्यो, नेपालको सबै थोक, सबै कुरा खर्ल्याप खुर्लुप, सबै कुरा याद पनि हुन्थ्यो, अनि पो बन्थ्यो त देश । उनले हास्य व्यंगात्मक शैलीमा भने ।

हजारौं दर्शकहरुको भिडमा सम्पन्न भएको कार्यक्रम समाजका अध्यक्ष मनोज बस्नेतको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रम spacelink टेलिभिजन बाट प्रशारण भएको थियो।


Photo :- अर्पण शर्मा को फेसबुक बाट 








Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.