लक्ष्मण को "प्रदेशी जिबन"कबिता
लक्ष्मण रसाइली
कतार।
" प्रदेशी जीवन"
आँसु नै आशुको होलि खेली बाचेको छु म आज,
पसिनाको खोला बगिरहन्छ शत्रु को माझ।
हर क्षण हर पल काम नै काममा खेल्ने गर्छु,
भोक भोक,निन्द्रा निन्द्रै कति पिडा झेल्ने गर्छु।
प्रदेशी को जिन्दगी मा कति पिडा छायो,
घर सम्झेर फोन गरु भन्दा,अर्कै को डर मन मा छायो।
खान नपाइ बस्नु पर्छ,खान एकै गाँस,
कस्तो जीवन होला यो खाडी मुलुक को बास।
कति बर्ष बिते आज,घरको माया पाइएन,
आमा,बाबा,दिदी ,भाइ रुदा आँसु पुछन पाइन।
प्रदेशको भुमी मा पाउन दुख पाए,
गरिबता कओ झोला बोकि आज कहाँ आए।
कहिले म तातो सडक मा त कहिले अर्कै को मजदुर,
प्रबाश मा कति दु:ख रहेछ,यो कस्तो रहर।
दिन रातै काम नै काम मा बगि रहन्छ पसिना का धारा,
नेपाल आमा र प्यारो रास्ट्र को याद छ सार्हा।
Post a Comment