इच्छा र चाहना धेरै हुदाहुदै पनि यसपालि मैले मेरो जन्म दिन जेष्ठ नागरिक सम्मान बृद्दा आश्रम नेपाल पथलैयामा गई मनाईयो। विविध समस्या र बाध्य भई आश्रममा शरण लिई बस्नुहुनि १० जना बुबा-आमालाई केही फलफुल,जुस र खाना बनाएर खान १० लिटरको प्रेसरकुकर सहयोग गर्न पाउँदा म धेरै खुशी छु। तर आफ्नो छोरा छोरिको अपहेलना सहन नसकी परिवारबाट धेरै उपेक्षित ती निरीह बुबा-आमाको पिडामा हामी जस्ताले गरेको सहयोग भन्दा नि वास्तविक परिवारले यो अवस्थामा नपुर्याउन म सबै संग आग्रह गर्दछु। यस कार्य गर्नी अवसर जुटाई दिनुहुनी यस सस्थाका अध्यक्ष दाजु जीवन कालिकोट लाई विशेष धन्यवाद।
साथै आफ्नो व्यस्थ समयको बाबजुत म संग पथलैया गैइ सहयोग गर्नी मित्र दाजु धन प्र. बजगाई,रमेश कार्की र महेश्वर अधिकारी लाई धन्यवाद। (फोटो-महेश्वर अधिकारी)
-Ravi Raj Dangal (उहाँको फेसबुक बाट जस्ताको तस्तै)
यस्तै मनकारी ब्यक्तिहरु का कुरा हरु लेखिरहन पाउँ , एक अर्कालाई सहयोग गरेको देखिरहन पाउँ।
बुवा आमा लाई सबैले संधैं माया गरौं। सम्मान गरौं।
www.missyounepal.com
Post a Comment