कोरियामा प्रमोद गौतमले पाए पुरस्कार...हार्दिक बधाई।

नेपालको संविधान तथा राष्ट्रिय दिवस २०७३को अवसरमा नेपाली राजदुतावास,सिओलले मिति २०७३/०६/२गते कोरियामा रहेका नेपालीहरुबिच आयोजना गरेको कविता प्रतियोगितामा तृतीय स्थान हाँसिल गर्न सफल मेरो यो कविता।

रङ्गीन बचेराहरू

हरियो वृक्षको एक हाँगामा
लगाएकी थिएँ गुँड ।

आफ्नै अस्तित्व तिमीमा देख्न
,बसेकी थिएं ओथारो
जोगाउंदै हुरी र असिनाबाट
चर्को घाम र शीतबाट ।

सुन्दर फुलमा फूलजस्ता तिमीहरू
लुकेका छौ भनेर
मेरो मन पुलकित हुन्थ्यो
र,कोरलेकी थिएँ युगल जोडी ।

चीलको निष्ठुर चुच्चो
जब खोज्थ्यो झम्टिन
लोखर्के,बिरालो, स्याल र सांपहरू
जब खोज्थे तिमीलाई आहारा बनाउन
ओ मेरा रङ्गीन बचेराहरूहो ,
मैले लडेर जोगाएं तिम्रो जीवन
हो, मैले बचाएँ तिम्रो प्राण
किनकि मलाइ तिमीहरूको कोमल शरीरको स्पर्शले
अपार आनन्द दिन्थ्यो 
कलिलो मुटुको सुन्दर ढुक्ढुकीमा
जीवनको गीत गुन्जिएको हुन्थ्यो ।

वन, कन्दरा, बिस्कुन र मैदान
तिम्रो लागि चारो जुटाउन जब उडेकी हुन्थेँ
म तिम्रा बढ्दै गरेका सुनौला प्वांख सम्झँदै
संङ्गै उड्ने सपना देख्थेँ मैले
प्यारा बचेरा हरू सुन त,
आमाहरू सपना देख्छन् नि ।

दिन्दिनै बढ्दै जाँदा
तिम्रो पंखेटाको आयतन
स्फुर्ति शरीरमा,
जिग्यासा मगजमा र
जिम्मेवारी जीवनमा
ओ रङ्गीन बचेरा,तिमीले सुनेछौ
समुद्र पारीको कथा
बांधेर आफ्ना सुनौला पङ्ख
जोडेर फलामका भीषण पँखेटा
आमाको लागि चारो खोज्न
त्यति टाढाको उडान कसरी गर्यौ?
एक दाना चारो च्यापेर गुँडमा फर्किंदा रित्तो थियो गुँड

समुद्रपारी पिँजडामा थुनिएका
ओ प्यारा बचेरा,
एक पटक तिमी सङ्गै
खुल्ला आकाशमा उड्न मन छ
छिटै फर्क है?

कार्यवाहक राजदुत श्री किरण शाक्य ज्युको हातबाट पुरस्कार ग्रहण गर्दै।

-प्रमोद गौतम,कोरिया

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.