तिमी,मैले गुनगुनाउनै नहुने, मीठो,प्रीतको गीत हौ,

तिमी,मैले गुनगुनाउनै नहुने,
मीठो,प्रीतको गीत हौ,
तिमी,मैले सुन्नै नमिल्ने
मोहनी लगाउने,संगीत हौ।

मेरा आँखालाई, कहिले नबिझ्ने
मैले ,हेर्नै नमिल्ने दृश्य हौ,
मेरो हृदयमा ,तरङ्ग ल्याउने
मैले ,भिज्नै नमिल्ने छाल हौ।

तिमी मैले देखाउनै नमिल्ने
मेरो,ओठको मुस्कान हौ।
तिम्रो बियोगमा, टिलपिलायेका नयनका
झार्न नमिल्ने आँसु हौ।

तिमी,मैले बेचैनीमा
फेर्न ,नहुने सुस्केरा हौ,
हर रात,पर्खिएर पनि
मैले ,देख्नै नसक्ने सपनी हौ।

तिमी,मैले चाहेर पनि
भुलाउन ,नसकिने माया हौ
तिमी,मेरो जीवनको
अङाल्न नसक्ने, कटु सत्य हौ।
- रजनी ढुङ्गाना

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.