विपन्नका लागि सेलर्डको कानुनी शिविर सम्पन्न

विपन्नका लागि सेलर्डको कानुनी शिविर सम्पन्न

भदौ २३ ।
युके एड र सर्च फर कमन ग्राउण्डको सहयोगमा सेलर्डले नवलपरासीमा सञ्चालन गरेको पहुँच परियोजना अन्र्तगत प्रतापपुर गाविसमा आज कानुनी शिविर सम्पन्न भएको छ । सेलर्ड नवलपरासीको आयोजना र प्रतापपुर सामुदायिक मेलमिलाप केन्द्रको समन्वयमा शिविर आयोजना गरिएको हो । 

शिविरको एक कार्यक्रमकाबीच प्रतापपुर गाविसका सचिव देशकान्त बस्यालले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले गाउँका मानिसहरु जो सदरमुकामसम्म पुगेर सेवा लिन सक्दैनन उनीहरुका लागि यो शिविर फलदायि भएको बताउनुभयो ।

शिविरमा ५७ जनाले घरेलु हिंसा, लेनदेन, अंशवण्डा, बिहेवारी, सम्बन्ध विच्छेद, स्त्रीधन, विवाह दर्ता, जन्म दर्ता, नागरिकता, जग्गासम्बन्धि समस्याहरु कानुन व्यवसायिहरु कृष्ण सिग्देल, डासिराम पाण्डे र सरस्वती शर्मा समक्ष राख्नुभएको थियो । पहुँच नपुगेका कारण लामोसमयदेखि समस्या लिएर बसेका र स्थानीयस्तरमा समाधान हुन नसकेका वा नसक्ने समस्यालाई निराकरण गर्नका लागि सम्बन्धित निकायसम्म जाने बाटो देखाउन शिविर आयोजना गरिएको सेलर्ड नवलपरासीका क्षेत्रीय संयोजक सिताराम अधिकारीले जानकारी दिनुभयो । 

यसअघि मध्यविन्दु नगरपालिका र दुम्किबास गाविसमा शिविर सम्पन्न भइसेकेको छ भने भोलि कावासोती नगरपालिकामा शिविर आयोजना गरिएको अधिकारीले बताउनुभयो ।

साभार:-बेस्ट मिडिय प्रा.लि. को हुलाकी अनलाईन बाट पत्राचार तथा सम्पर्कको लागि           www.hulakionline.com                                Email:-bestmedia2073@gmail.com     Phone:-009779857041698, 009779857040522


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.