कथा-: बाचा----त्यो पर क्षितिज मा मधुरो बत्ती बलिरहेको थियो २ सन्तान कि आमा सपना ओछ्यानमा थलिएको धेरै नै भएको थियो तर पनि समर ले उनलाइ निकै माया गर्थ्यो ती सन्तान हरु लाई खुवाउन पियाउनु एउटा लाई स्कुल पठाउनु फेरि सपना लाई समयमै औसधि खुवाउनु उस्को दिनाचार्य नै भएको थियो तर पनि उ रत्तिभर थकाइ को महसुस गर्दैन थियो ।उ केबल आफ्नो परिवार खुशी देख्न चहान्थ्यो........

कथा-: बाचा
त्यो पर क्षितिज मा मधुरो बत्ती बलिरहेको थियो २ सन्तान कि आमा सपना ओछ्यानमा थलिएको धेरै नै भएको थियो तर पनि समर ले उनलाइ निकै माया गर्थ्यो ती सन्तान हरु लाई खुवाउन पियाउनु एउटा लाई स्कुल पठाउनु फेरि सपना लाई समयमै औसधि खुवाउनु उस्को दिनाचार्य नै भएको थियो तर पनि उ रत्तिभर थकाइ को महसुस गर्दैन थियो ।उ केबल आफ्नो परिवार खुशी देख्न चहान्थ्यो ।
समरले नाम चलेको अस्पताल देखि नाम चलेका डाक्टर सम्म बैध देखि धामीझाँक्री सम्म हरेक देबालय हरु सबै ठाँउ मा सपना को लागि धाइ सकेको थियो तर कहिबाट पनि सपना लाई निको भने भएको थिएन ।
सपना लाई भेट्न आउने जानेको कमि थिएन सपना जो संग पनि समर ले धेरै दुख पाएको कुरा बिसाउथी गह भरी आँसु पार्दै काल लाई सतोसराप गर्थी मलाई किन यो बिजोग देखाएको भन्ने गर्थी तर मरण कसैको बस को बिसय होइन ।त्यो कुरा सपना लाई पनि थाहा छ तर पनि उसको मन ले मान्दैन थियो ।उसलाई समरले दुख पाएको कत्ती पनि देखन सकिरहेकी थिइन् ।
सपना लाई रोग ले च्याप्दै गयो एकातिर बाल बच्चा हरु रुदै थिए अर्को तिर समर नरमाइलो मान्दै थियो यस्तैमा भेट्न् आउनेको भिड नै लाग्यो यस्तो लाग्दै थियो कि सपना को अब यो धर्तिमा धेरै दिन नै छैन ।
केही समय घर बाहिर रहेकी अश्मी पनि घर आएकी थिइ उस्ले पनि सपना को खबर थाहा पाएपछि सिधै भेट्न् गै तर उसको भेट ले अर्को मोड लियो ।
जब उसले सपना लाई भेटि सपना ले उसलाई सबै खबर सोधी र आफ्नो एउटा प्रस्ताव मान्न को लागि अनुरोध गरि अश्मी ले पनि बिरामी भएकी सपना ले के नै भन्लिन र मैले सकेको छैन तिमी बसुन्जेल भुरा हरु को बिचार गरिदिनु है नै त भन्लिन भन्ने लाग्यो र हुन्छ भाउजू(अश्मिले सपना लाई पहिले देखिनै भाउजु भन्ने गर्थिन ) के कुरा हो म हजुरले भनेको कुरा मानिहाल्छु नि भनिन यो कुरा समर ले केही पर बसेर सुनिरहेको थियो तर अश्मी र सपना लाई भने केही थाह थिएन ।
सपना ले अश्मिलाइ नजिकै तान्दै भनिन अश्मी मेरो यो धर्तिमा अब धेरै दिन छैन तिमिले समर लाई नजिक बाट चिनेकी छौ म मरेपछि तिमिले समर लाई एक्लो हुन नदिनु है ओहो अश्मी अचम्मित भै के भनु के नभनु भै उसको मन एकतमास को भयो अब हुदैन भन्नू भने रोग ले थलिएकी सपना को मन के दुखाउनु हुन्छ भन्नू भने कसरी ?त्यसो त अश्मी लाई पनि समर मननै नपरेको को चाहिँ होइन ।उसले सपना लाई बिसेक होस भन्ने हेतु ले हुन्छ भनी सपना आँखा भरी आँसु लिएर धेरै बेर सम्म अश्मी लाई अङालो मारिरही यो सबै दृश्य समरको आँखा मा कैद भइरहेको थियो उसले मनमनै सोच्यो सपना कति महान छिन आफू मृत्यु सैयामा छट्पटाउदा पनि मेरो बिसयमा कति चिन्ता लिइरहन्छिन भन्ने लाग्यो।
दैबको लिला टारेर कहाँ टारिदो रहेछ र एकदिन पुर्बी क्षितिज मा लाली नचढ्दै सपना ले यो सन्सार छोडेर गइन सारा गाउँ मा रुवाबासी चल्यो सानै उमेरमा सानासाना लालाबाला छोडेर गइन अब कसले हुर्काउने यी बच्चालाई भनेर मानिस हरु गुनासो गर्न थाले समर बेहोस भएर लडिरहेको थियो एकातिर बच्चा हरु रोइरहेका थिए ।अश्मी पनि निकै नरमाइलो मान्दै आगन को छेउमा बसेर रुदै थिइ उ रुदै बच्चा हरुलाइ सम्झाउदै थिइ तर उसलाई समर लाई सम्झाउन सक्ने आट भने आएन अब के गर्नु सपना लाई यस्तो हुन्छ भन्ने जानेकी भए उ बाचा गर्ने थिइन कि उ दोधार भइ उसले सपना लाई दिएको बाचा पूरा गर्ने निर्णय गरि र समर लाई उठाउन पुगि समर जाग्यो तर समर ले अश्मिलाइ कसैको बाचा पूरा गर्न तिमी आफ्नो मन लाई नतोड जाउ अश्मी तिम्रो बाटो खुल्ला छ भन्यो अश्मी गह भरी आँसु पारी केही बोल्न सकिन उठेर घर तिर लागि समर आफ्नी सपना को यादमा कहिले पनि अर्को बिहे नगर्न सोच बनायो ।उसलाई अश्मी मन नपरेको होईन र अश्मी पनि उसलाई मन नपरेको होइन समर सपना को लागि बिहे नगरी बस्न चहान्थ्यो भने अश्मी सपना लाई दिएको बाचा पुरा गर्न समर संगै बस्न चहान्थी फेरि आउदा,जादा को भेट ले पनि अश्मिलाइ समर निकै मन परेको थियो यहि भाब बुझेर पनि होला सायद आफ्नो अन्तिम घडी मा सपना ले सबैलाई छोडेर अश्मिलाइ नै प्रस्ताव गरेकी थिइन् ।
समर कुनै पनि हालत मा बिहे गर्न पक्षमा थिएन तर सबै आफ्ना नातागोता साथिभाइ छिमेकी बाट धेरै नै दबाब भए पछि आफ्ना ती कलिला सन्तान को लागि र मृत्युको अन्तिम समयमा आफ्नी सपना ले अश्मिलाइ गर्न लगाएको बाचा सम्झी अश्मिलाइ सपना को रूपमा राख्न तयार भयो भने अश्मिले पनि आफ्नो लागि अरु थप सन्तान को आबस्यक्ता नरहेको भन्दै यिनै सन्तान लाई हुर्काउदै समर लाई सपनाले  जतिकै माया गर्ने बाचा गर्दै सपना संगको बाचा पूरा गर्न निर्णय गरिन ।
प्रस्तुत कथा एक काल्पनिक कथामा आधारित कथा हो कसैको जीवन संग मेल खान गएमा सयोग मात्रै हुनेछ ।
कथा-: बाचा
लेखक -:गोबिन्द लामिछाने (अविरल ) ।
हाल -:एशियन टाउन दोहा कतार ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.