कावासोतीको थाना चोक खुल्ला मैदानमा हुने शैक्षिक मेलाको तयारी तिब्र

कावासोतीको थाना चोक खुल्ला मैदानमा हुने शैक्षिक मेलाको तयारी तिब्र

असोज ११ । हुलाकी टिम । नवलपरासी  जिल्लामै नै पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला २०७३ को तयारी तिब्ररुपमा अगाडी बढेको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा फस्ट बेष्ट एजुकेशन फेयर २०७३ यही असोज १३ , १४ र १५ गते कावासोती थानाचोकको खुल्ला मैदानमा हुन लागेको हो । बदलिदो परिस्थीतीमा शैक्षिक परार्मका लागि काठमाण्डौ धाउनुपर्ने नवलपरासी बासीको बाध्यता भएकाले मेलाको आयोजना गरीएको आयोजक संस्था बेष्ट मिडीयाका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी लाई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईने छ ।मेलामा प्रवेश निशुल्क राखीएको र हरेक दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना
गरीएको छ । विद्यार्थी संगै अभिभावकहरुका लागि पनी आफ्ना छोराछोरी लाई कुन विषय अध्ययन गराउने तथा विदेश पढ्न चाहने आफ्ना छोराछोरीका लागि के कस्ता विषय , स्थान र प्रकृया छन् सो विषयमा समेत जानकारी प्रदान गरीने हुदा मेलाले शिक्षक , विद्यार्थी , अभिभावक तथा शिक्षा प्रेमी सवैलाई फाईदा पुर्याउने लक्ष्य लिईएको छ । मेलाको तयारीका लागि खुल्ला मैदानमा स्टल मर्मत, प्रचारप्रसार भईरहेको छ ।

साभार:-बेस्ट मिडिय प्रा.लि. को हुलाकी अनलाईन बाट पत्राचार तथा सम्पर्कको लागि           www.hulakionline.com                                Email:-bestmedia2073@gmail.com     Phone:-009779857041698, 009779857040522

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.