रजनी ढुङ्गाना को मार्मिक रचना - त्यो कागजको ,डुङ्गा थियो, न भेल सहन्थ्यो, न आधी थाम्थ्यो, हेर्दा, बढो चित्त हर्ने जीवन डुबाउने ,नाउ थियो........

त्यो कागजको ,डुङ्गा थियो,
न भेल सहन्थ्यो, न आधी थाम्थ्यो,
हेर्दा, बढो चित्त हर्ने
जीवन डुबाउने ,नाउ थियो।

त्यो केवल ,बालुवाको महल थियो,
न छहारी दिन्थ्यो, न आश्रय थियो,
भविस्यको, आधार नभएको,
त्यो सपना,टुक्र्याउने आवास थियो।

त्यो मरुभूमिको,मृगतृष्णा थियो,
न,शितलता दिन्थ्यो, न थकाई मेट्थ्यो,
जीवनपथलाई दिग्भ्रमित बनाउने,
त्यो केवल,आँखा को धोका थियो।

त्यो, कहि नपुगिने यात्रा थियो,
न लक्ष्य थियो,न गन्तव्य थियो,
बिच बाटोमै,अलपत्र बनाउने,
त्यो बितारा,पार्ने घुम्ती थियो।

त्यो केवल ,भ्रमको सस्कार थियो,
न माया थियो, न बिश्वास थियो,
सोर्ह श्रृङ्गारमा सजिएको,
त्यो, सिन्दुर भित्रको वैधब्य थियो।

- रजनी ढुङ्गाना

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.