भाषिक छाडापन बन्द गरि सभ्य बन्ने कि !

भाषिक छाडापन बन्द गरि सभ्य बन्ने कि !
रजनी ढुंगाना
कुरो कुवेतकै  हो,  मैले काम गर्ने ठाउको ट्वाइलेट सफा गर्ने ठाउँमा सफाई कर्मचारीहरु बदलिईरहन्थे।एकदिन म अलि हतारमा थिए।एउटि महिला कर्मचारी निहुरेर भुइ सफा गर्दै थिइन् । हतारमा म भित्र पसे ,उनको जिउडाल रङरोगन हेर्दा फिलिपिनी रहिछन भन्ने लाग्यो मलाई।
म फ्रेस हुँदै थिए , तिनको टेलिफोनमा घन्टी बज्यो।पहिलो शब्दमै ती नेपाली दिदी रहिछन भन्ने भेउ पाई हाले मैले।
बाहिर निक्लेर कुरा गर्नु पर्ला भनेर मनमनै सोच्दै मात्रै के थिए, तिनी तथानाम भनेर टेलिफोनको अर्को तर्फका मानिस संग कुर्लिन थालिन। उताको मान्छेको आवाज मैले सुनिन तर ती दिदी यताबाट झन झन उग्र रुपमा बाझ्न थालिन।उनका गालीका शब्दहरु कतिपय त मैले जीवनमै नसुनेको पनि थिए। अत्यन्तै निम्न स्तरको उनका गाली गलौज अनि अश्लील शब्दहरू सुन्दा मेरो सारा शरीर काप्न थाल्यो।
उनी बाहिर बसेर च्याठिदै थिईन ।म भित्र लाजले भुत्तुक्कै भै रहे।अब कसरी बाहिर निक्लेर तिनको सामना गर्ने भन्ने अनौठो दुबिधा पर्यो मलाई।
म त्यसै चुपचाप उभिई रहे। समय टिपाएर बाहिर निक्लनु पर्ने  मलाई फेरि काममा जान ढिलै भैसक्दा पनि म उनको त्यो कुरो नरोकिए सम्म निक्लिन सकिन।जब उनी रोकिइन अनि म बाहिर निक्लिए र उनको मुखै नहेरी पुन काममा फर्किए ।
सन २०११ मा म डेढ महिनाका लागि दुबईमा थिए।फिलिपिनी र पाकिस्तानी मात्रै  साथी भेटिएको उक्त बसाइमा म नेपाली बोल्नै नपाउदा देश घर परिवार सङ्सङै नेपाली भाषाका लागि पनि नियास्रीएकि थिए।डेढ महिनामा भिन्न भाषाका मानिसहरू संग मात्रै रहदा बस्दा म अत्तालिएकी थिए।
तर कुवेतमा त्यस्तो नियास्रो भोग्न परेन ।काम गर्ने ठाउमा बस्ने अपार्ट्मेन्टमा  जताततै नेपाली भेटिदा खुसी लाग्नु स्वाभाविक हो।तर कहिलेकाही आफ्नो भाषा प्रती पनि लाज लाग्दो स्थिति सृजना हुदो रहेछ। हामी समुहमा आएका अठार जना नेपालीहरु यहि भाषाका कारण लज्जित बन्नुपरेको कुरा अझैपनी ताजा छ ,हामी सबैलाई ।
हामी भन्दा पहिले देखिनै काम गरिरहेका केही नेपाली दाजु दिदिहरुले , बोले भनेका कुराहरु अत्यन्तै शर्मनाक थिए।उनिहरु आफू आफूहरु पनि त्यस्ता भाषा बोल्दथे । कतिपय अवस्थामा हामी सुनेको नसुने झै गर्थ्यौ।
तर हाम्रा अग्रजहरुले संगै काम गर्ने फिलिपिनी साथीहरुलाई पनि नेपाली गाली सिकाएका थिए।ती मध्यकै एक रिया भन्ने फिलिपिनीले अमृता भन्ने हाम्री साथिलाई नेपाली निम्न स्तरको गालिले बोलाउने गर्दथी।सुरुमा उसको बोल्ने शैलीका कारण हामिले त्यो गाली बुझ्न सकेका थिएनौ ।तर जब अलि गहिरिएर सुन्यौ त्यो अत्यन्तै लाजमर्दो थियो।त्यो नामका कारण धेरै पटक अमृता रोएकी थिइन।
नेपालमा भएकै बेलाको कुरा अझै याद आउँछ मलाई , कहिलेकाही हाम्रा दाजुभाइहरु कुरा गरिरहेको बेलामा  हामी पुग्यौ र उनीहरुको त्यस्तै कुनै विषयमा कुरा हुँदै गर्दा झुक्किएर हामिले सुनीहाल्यौ भने रातो अनुहार पारेर लाजले शिर निहुराउथे।र विषय परिवर्तन गर्दथे।
त्यो सस्कार अनि परिवेश को मैले यहाँ कुवेतमा लज्जा भन्ने कुरा धेरै कममा मात्रै भेटे। यहाँ त महिला मित्रहरुको पनि दस शब्दमा ५ शब्द त्यस्तै खालको गाली मिसिएको पाइन्छ ।
साधारण कुराकानीमा पनि गाली अनि अश्लिलता मिसाएर मात्रै बोल्ने उनिहरु नेपाल जादा परिवारका अगाडि कसरी कुरा गर्लान।यहाँ आफू नै सर्वेसर्वा भनेर  अपनाएको त्यो आदतले भोलि आफ्ना केटाकेटीका अगाडि कुरैकुरामा निक्लिने उक्त शब्दहरुले तिनका घरपरिवारमा कस्तो मनोबैज्ञानिक असर पर्ला ?
यहाँ त हर दोश्रो दिन फेसबुकमा पनि त्यस्तै खाले शब्दहरुको भण्डार भेटिन्छ।मानौ यो सामाजिक दायित्व भन्ने कुरा नेपालमै मात्र चाहिन्छ।त्यो किसिमको शब्दहरुले आफ्नो इज्जत कति घटाइरहेको छ भन्ने पत्तै नहुने गरि उन्मुक्ति दिने यो ठाउँनै पो उस्तो हो कि।
शब्दै पिच्छे गाली ओकल्नु पर्ने गरि बिग्रीएको तिनको मानसिक स्वास्थ को जाच गराउनु पो पर्ने हो कि? अनि कुवेतको पानी पिएर हरकोहि गालीकै मात्र भाषा बुझ्ने भएका पो हुन  कि?
साभार:-तीतोपाटी डट कम www.nepalkuwait.com बाट
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.