हे मूर्ख मनुष्य

मेरो निर्भिकता, मेरो स्वाभिमानलाई
मेरो अहंकार भन्ठान्ने
मेरो आत्मविश्वास,मेरो आत्मबललाई
मेरो घमण्ड भन्ठान्ने,

हे मूर्ख मनुष्य
अब तिमिलाई सम्झाउनै पर्ने भो ,
म त्यो,सगरमाथाकि छोरी
निर्भीक,निडर चुलिएको ,त्यो उच्च हिमालकि छोरी
हजारौं हुरि झेलेर ,विश्व छानो बनी उभिएको
त्यो बिशाल पर्वतकि छोरी।

तिमी,बर्षौ जस्को पाइताला मुनि,
धुलोको कण बनेर,जियौ
आफ्नै भुमिमा दास भै ,मरेतुल्य थियौ,

हो तिनै ,तिम्रा शत्रुहरुलाई
घुडा टेकाउने, वीर सपूतहरुकि सन्तान
म ती वीर योद्धा हरुकी छोरी ,

मेरो भाइचारा लाई, मेरो मानव प्रेमलाई
मेरो कमजोरी ठान्ने
मेरो सहनशीलतालाई , मेरो मुर्खता ठान्ने,

हे अज्ञानी मनुष्य
तिमीलाई भन्नै पर्ने भो,
म,गौतम बुद्धकी चेली
विश्वभर शान्ति फिजाउने
ती, महान बुद्धकि छोरी।

मेरो हिमाल खोस्न, मेरो बुद्ध चोर्न
सभामा कुर्लिने
हे दुखी आत्मा
तिमिलाई यादै दिलाउनु पर्ने भो,
म सत्यका लागि लड्ने ,ती सहिद हरुकि छोरी,
आफ्नो हकको लागि ज्यानको बाजि थाप्ने
सच्चा देशभक्त कि छोरी ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.