नवीन प्रभातको मार्मिक गजल पढेर प्रतिकृया दिनुहोला।

एकदिन फर्की जाने मेरो  देश  छुटेछ,
आफ्नो  भासा भुसा अनि भेष छुटेछ ।।
टाढा देशको बसाइ यहाँ बेग्लै समाज ,
मर्दा पर्दा जमघट  हुने परिबेस छुटेछ ।।
जीवन भयो अति ब्यस्त फुर्सद मिल्दैन,
साच्चै  भन्दा गाउँकै  जस्तो ऐस छुटेछ ।।
दु:ख  थियो, पीडा थियो तर खुसी थियौं ,
अनि त्यहीँ  खुसी दिलाउने बिशेश छुटेछ ।।
हिँड्दै  जाँदा भेट हुदाँ केछ नविन भन्ने ,
सात कक्षाको साथी मेरो रुपेश  छुटेछ ।।
- नवीन प्रभात ,क्यानडा

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.