कतारमा ६ महिना देखि तलब नपाउँदा ९ नेपाली अलपत्र

बिगत ६महिना देखि तलब नपाउदा कतार मा ९नेपाली अलपत्र।दूतावास मा फोन गर्ने पैसा समेत पाएनन।

लक्ष्मण रसाइली
दोहा  १६ सेप्टेम्बर,२०१६,

के पिडा होला यो प्रबाशी भुमिको,?दिनहु आउने मनका प्रश्न हरु,तातो ५५डिग्री को घाम मा सकि नसकी गरेको परिश्रम  बगाएको पसिना को फल नपाउदा को पिडा।।।केही कमाउला र भबिश्य मा केही गरौंला भन्ने सपना बोकेर बैदेशिक रोजगार को शिलशिला मा कतार पुगेका ९नेपाली अलपत्र परेका छन।

लाजिम्पाट ,काठमाडौं  मा रहेको एक नाम चलेको मेनपावर बाट कतारको एक पाकिस्तानी कम्पनी mafatc मा पुगेका ९नेपाली युबक ६महिना देखि तलब नपाउदा अलपत्र परेका छन।जसमा साजन पुन(नवलपरासी )डान्स लम्साल ,पिताम्बर लम्साल,नागेस बि क (स्याङ्जा )खुम राना (पाल्पा)गङराज खडका(भोजपुर) दयालु यादब(रुपन्देही )राजकुमार श्रेष्ठ (काभ्रे)छबिलाल राई (इलाम)रहेका छन।कम्पनी ले तलब दिन्छु भन्दै काम लगाएको तर६महिना पुग्दा सम्म तलब नदिदा अहिले न खाना न पानी सम्म को अबस्था छ्न।

६महिना सम्म तलब नदिदा पसल मा उधारो  धेरै भयकोले राशन लिएर खाना खान समेत अवस्था रहेको छैन ।र  बिगत ७महिना देखि आइ.डि को पनि मिति पुग्दा समेत आइ डि पनि मिति नथपिएको र बाहिर काम काजको लागि बाहिर निक्लन गार्हो भयको र तलब नदिदा कतै सम्पर्क गर्न रिचार्ज किन्न समेत उनिहरुलाइ गार्हो भयको छ।अहिले अन्तिम अबस्था मा पुगे पछि कतै सम्पर्क को माध्यम नपाउदा अलपत्र परेका हुन।उनिहरु भन्छन"रिचार्ज गरेर दुताबाश फोन गरु भन्दा पैसा नै छैन,दुताबास कता छ त्यो पनि थाहा छैन,रुम बाट बहिर निक्लने अबस्था नै छैन,अहिले कोहि संग पनि सम्पर्क छैन बाहिर जाउ भने आइ डि को मिति सकियको छ,न त पैसा नै छ पसल मा उधारो धेरै भयकाले राशन पनि ल्यायर खान गार्हो भइ रहेको छ,)उनी हरु बताउछन।उनीहरु अहिले रुम छोडेर बाहिर निकल्न समेत अबस्था रहेको छैन।अहिले ६महिना पुग्दा समेत तलब नदिदा पसल भयको उधारो को कारन पसलबाट  राशन पनि लियर खान नसक्ने अबस्था  भएपछि काम पनि छोडेका छन।नेपाली दूतावास कतार तथा कतार मा आबद्द गैरसरकारी संघ सस्था लाई उद्दार गरिदिनको लागि अपिल समेत गरेका छन।


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.