गिरान्चौरले निर्माणाधीन रहेकै अवस्थामा पर्यटकलाई तानीरहेको छ । नेपालको मनोरम दृश्य हेर्न र घुम्न आएका पर्यटक गिरान्चौरमा पसिना बगाएर फर्किरहेको देख्दा आनन्द लाग्छ । जर्मनी र हंगेरीको अर्को टोली गिरान्चौरमा श्रमदानका लागि आइपुगेका छन् । निकै खुशि छौँ ।
विदेशबाट सफा चिटिक्क भएर घुम्न आएका यी पर्यटक समाज सेवा भनेपछि धुस्रे र फुस्रे भएर खट्दा रहेछन् । सहयोगी मन भएका स्वदेशी मित्रहरुको पनि हात र साथ पाइरहेका छौँ । दशैँ अघि नै बस्ती निर्माण कार्य सक्नु छ । त्यो खुशीको दिनको कल्पनामा दिनरात खट्नु छ । 'गरेपछि हुन्छ' भन्ने एउटै सिद्धान्त रट्नु छ ।
श्रमदानका लागि सम्पर्क ९८५१०३३३३५
!!! राष्ट्र निर्माण, तपाईँ हाम्रो अभियान !!!
- Dhurmus Suntali धुर्मुस सुन्तली फाउन्डेसन
https://m.facebook.com/story.php?story_fbid=521393061392983&id=358086864390271
Post a Comment