"उडान" को सफल अवतरण.....

झन्डै झन्डै २ बर्ष को अथक मेहेनतले हिजो "उडान" को सफल अवतरण गरियो । एउटा गीत गर्न त महिनौ लाग्छ भने ७ वटा गीत समाबेश गरेर विभिन्न कलाकारले बिदेशी भूमी बाट एउटा गीती अल्बम निकाल्नु त्यति सहज थियन। यो अल्बमको परिकल्पना संगसंगै बीचबीच मा विभिन्न उतारचडाब नआएका होइनन। तर कत्ति पनि बिचलित नभई हिजो "उडान" को सफल बिमोचन अनि सांगीतिक कार्यक्रम सफल भएको मा म लगायत मेरा सहकर्मी साथी निकै हर्षित छौ ।  दर्शक श्रोता को उपस्थिति वा अनुपस्थितिमा हिजो को कार्यक्रम सफल वा असफल भनेर मुल्यांकन गरिनु न्यायोचित हुने छैन किनकि हिजो को कार्यक्रम को उदेश्य केवल गीत गाउनु र नाच्नु थियन एउटा इतिहास रच्नु थियो। आत्यधिक कार्यक्रम हुने यो सहर मा गुणस्तरीय कार्यक्रम दिन सकियो या सकियन र नेपाली कार्यक्रम प्रति दर्शक श्रोता को बितृष्णालाई चिर्न सकियो सकियन यो मुल्यांकन हिजो प्रतक्ष उपस्थिति हुने दर्शक श्रोताले अवश्य गर्नु हुने छ ।
हाम्रो निमन्त्रणा लाई स्वीकारेर हिजो पाल्नुहुने सम्पूर्ण एन. अर.एन का अग्रज व्यक्तिव, समाजसेवी , संगीतकर्मी, साहित्यकार, पत्रकार,मिडियाकर्मी, स्पोंन्सर्स  अनि हामीलाई मन देखि माया गर्नु हुने श्रोता / दर्शक प्रति हाम्रो हृदयदेखि नमन छ । त्यसै गरि दिनभरी खट्नु हुने ईनास तथा अल्प का साथीहरु, स्वयंसेवक साथीहरु लाई धेरै धेरै धन्यवाद।
कार्यक्रम गर्दै जादा सिक्दै जाने हो, हामी सिकारु पनि हौ । केहि कमी कमजोरी भय होलान वा तपाई हरुको अपेक्षा अनुरुप कार्यक्रम भयो /भयन तपाइको सुझाब सल्लाहको अपेक्षामा छौ र आगामी दिनमा पनि यहाँहरुको माया अनि आड भरोसा पाएमा "उडान" भर्दै जाने छौ ।
जय गीत जय संगीत जय उडान
- गायक ईश्वर पोख्रेल अबिरल , अस्ट्रेलिया

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.