यो संसारमा मान्छेको यस्तो दिन चाहि नआओस । न दुःख विसाउने ठाँउ छ ? न भोक , तिर्खा सोध्ने कोहि छ ? कसरी दिन रात विताउने होला है ? मात्र सोचि रहन्छ मान्छे आयु कसरी सिध्याउने होला भनेर ।
दश महिना गर्भमा बोकेर जन्माएका मेरा छोरा छोरी छन भनेर ढुक्क हुने समय पनि सकिएछ कि जस्तो लाग्यो ? संन्तान र अफन्त आफना भन्नेहरु चाहिने नै दुःखमा वृद्ध अवस्था, असक्त, दुःख विराम भएको बेलामा न हो , जिवनको यो घडिमा काम नलाग्नेहरु के छन भन्नु र खै ? आफना भन्नेहरुको भर पर्नु पनि भ्रम नै रहेछ जिवन ।
मैले हिजो यस्तो एउटा मान्छे भेटे नी देख्ने वित्तिकै भक्कानो फुटेर आयो । छैनन भन्दा छन छन भन्दा खै काहाँ छन ?
छोरी मलाई पेट भरी दाल भात खान दिन ठाँउमा लानु न । म एक्लो छु , असक्त छु । मेरो दुःख केहि सुनी दिनु न भन्नु भो ।
भगवान यस्ता मान्छेहरुलाई सेवा र सहयोग गर्ने अझ हिम्मत दिनु होला ।
अब उहाँ हाम्रो परिवारको अर्को सदस्य ।
दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६
Post a Comment