मार्मिक गजल- केहिमा हुन्न सयमा सय,सुनैमा पनि खोट हुन्छl घटाउदै लागे भने हेर,घट्नेहरुको नि जोड हुन्छl

केहिमा हुन्न सयमा सय,सुनैमा पनि खोट हुन्छl
घटाउदै लागे भने हेर,घट्नेहरुको नि जोड हुन्छl
..
खुसिमै मात्र तैरेको मन,कस्को पो होला र खै?
नियाली खोजे भेटिन्छ नि,भित्र कतै तोड हुन्छl
..
सकेको भन्छौ सबथोक,तर होइन बुझ्न सकेl
बनमारा घारीमा लुकेको,पिपलको बोट हुन्छl
..
अरुको मात्र गल्ती देख्ने,आँखाहरु धेरै यहाँl
कमैले बुझ्छ्न हेर आफै,भित्र नि खोट हुन्छl
..
केहिमा हुन्न सयमा सय,सुनैमा पनि खोट हुन्छl
घटाउदै लागे भने हेर,घट्नेहरुको नि जोड हुन्छl
- जनक गोले

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.