अब केहि हप्ता मात्र बाकि छ, अबसर नगुमाउ हौ !!! हामी खोज्दै छौं गाउँमा लुकेका प्रतिभाहरु

अब केहि हप्ता मात्र बाकि छ, अबसर नगुमाउ हौ !!!

हामी खोज्दै छौं गाउँमा लुकेका प्रतिभाहरु, साथ हजुरको चाहिन्छ !
गीत गाउनुहोस मोबाइलले खिच्नुस अनि हामीलाई पठाउनुस ! थप जानकारी यस प्रकार छ !
जानकारी:
-नेपाली गीत (आफैले बनाएको वा अरुको) गुङ्गुनाउन वा गाउन सक्ने (म्युजिक ट्रयाक बिना) वा बाजा बजाउन सक्ने, आफ्नो आवाजमा कुनै पनि गीत रेकर्ड नगरेको र राष्ट्रिय तथा क्षेत्रीय स्तरका स्टेजमा अवसर नपाएको व्यक्तिलाइ सर्वेक्षणमा सहभागी गराइनेछ ।
-सर्वेक्षणमा सहभागीले गायन, बाचन वा बाध्यबादन मार्फत आफ्नो प्रस्तुति (गीत गाएको/गुनगुनाएको, बाजा बजाएको) को भिडियो/अडियो खिचेर वा रेकर्ड गरेर यस संस्थाको फेसबुक Lokdohori PratisthanEU या फेसबुक पेज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युरोप शाखा या WhatsApp +34672089182 या lokdohorieuropebranch@gmail.com मा पठाउनु पर्ने छ ।
-भिडियो/अडियो कम्तिमा ३ मिनेटको हुनु पर्नेछ ।
-भिडियो/अडियोमा प्रस्तुति संगसंगै उक्त व्यक्तिको उद्येश्य तथा वर्तमानमा झेलेका समस्याको बारेमा कम्तिमा केहि शब्द उल्लेख हुनु पर्ने छ ।
-भिडियो सम्भव नभएको खण्डमा मात्र अडियो स्वीकार गरिनेछ, भिडियो सामान्य मोबाइलबाट खिचेको भए पनि हेर्दा प्रष्ट बुझिने हुनु पर्नेछ ।
-उत्कृष्ट ३ सहभागीलाई प्रतिव्यक्ति रु ८८४८ ले पुरस्कृत गरिनेछ ।
- Lokdohori PratisthanEu

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.