कुवेतमा बिचल्ली परेका २२ जना नेपाली श्रमिकहरुलाई नेपाली जनएकता सेवा समाज कुवेतको सहयोग!!!
काठमांडौ स्थित फोकस नेपाल ओभरसिज म्यानपावर मार्फत लाखौं कमाउने र घरपरिवारलाई खुशी राख्ने सपना बोकेर कुवेतस्थित खालिफा दड अल दबुस एण्ड ब्रोज कम्पनी लिमीटेडमा 2016 जनवरी महिनामा आएका २२ जना नेपाली कामदारहरु विगत चार महिनादेखि उनीहरुलाई न काम न तलब गराइएपछी दैनिकी गुजारा चलाउन गाह्रो पर्नुको साथै बिचल्लीमा परेका छन्।
एक जनाले रुँदै भनें हाम्रो भिसा पनि कम्पनीले लगाइदिएको छैन,कुवेत एन्ट्री भिसाको मिती सिद्धिएपछी तीन महिने ख्रुज भिसा लगाएको थियो त्यो पनि मिती सकिएकोछ, बिरामी पर्दा उपचार गराउन कठिन भएको र कोठाभित्रै बिमारलाई च्यापेर बस्नु परेको दुखेसो गर्नुभयो।
यस्तै तपाइहरु जस्ता सहयोगी मन भएका साथीहरुले सहयोग गर्नुभयो भने हामीले खानेहो नत्र नालामा आएको पानी पिएर बस्नु पर्ने स्थिती आएकोछ भनेर अर्का एक जना श्रमिकले भनेपछी उपस्थित सबैका आँखा रसाएका थिए।
केही दिन अगाडी एक समाचारद्वारा २२ जना नेपाली कामदारहरु कुवेतमा अलपत्र परि बिचल्ली परेका छन् भन्ने कुरा थाहा पाएपछी नेपाली जनएकता सेवा समाजको प्रतिनिधीमण्डलले आज त्यहाँको ठेगाना सोध्दै र खोज्दै पिडीतहरुको यथास्थितीबारे अनुगमन गर्न पुगेको थियो । अनुगमन गरेको विषयवस्तु यथार्थ र सत्य भएपछी त्यहाँ पुगेका यस संस्थाका श्री मुक्त बहादुर बि.क.,थानेश्वर भुसाल,मनविरराम भुल,भोलानाथ पाण्डे,अभिषेक सहितको टिमले तुरुन्तै के.डी.३५ बरावरको दैनिक उपभोग्य सामान उपलब्ध गराएको छ।
हाम्रो संस्थाको तर्फबाट कुवेत स्थित नेपाली राजदुतावाससँग के आग्रह गर्न चाहान्छौं भने सम्बन्धित निकायसँग वार्ता गरेर होस् वा जुनसुकै माध्यमबाट भएपनि पिडीतहरु तुरुन्त उद्वार गरियोस्,उनिहरुको यथास्थिती एकदम नाजुक भएको कुरा पनि राजदुतावासलाई जानाकारी गराउन चाहान्छौं।
अन्त्यमा कुवेतस्थित सम्पुर्ण नेपाली संघसंस्थाहरुप्रति पनि पिडीतहरुलाई उद्वारको लागि र दैनिक जिविकोपार्जनको लागी सहयोग गरिदिनुहुन नेपाली जनएकता सेवा समाज,कुवेत विनम्र अपिल गर्दछ।
धन्यावाद।।।
-नेपाली जनएकता सेवा समाज,कुवेत परिवार
बिस्त्रीत जानकारिको लागि :-khum raymajhi 97224908
mukta bk 55268903
hari naupane 69629011
Post a Comment