उड्दै गरेकी,चरी रोकिएर, छेउमै,आएर सुटुक्क बोलिन आउ, मसंगै त्यो देशमा जाउ तिम्रो मुलुक पुगेर आउँ ।

उड्दै गरेकी,चरी रोकिएर,
छेउमै,आएर सुटुक्क बोलिन
आउ, मसंगै त्यो देशमा जाउ
तिम्रो मुलुक पुगेर आउँ ।

त्यो उच्च हिमालमा
हिड, चुलिएर,आउँ
तातो बाफले,जलेको यो तनलाई
हिड जाउ,शीतल पारेर आउँ।

हेर कोईली,गाएर डाक्दै छे,वनमा
हिड जाउ ,काफल खाएर आउँ,
वर्षा यामको त्यो,मुसलधारे झरीमा
हिड,आज निथ्रुक्क भिझेर आउँ।

ती रोपाहार संगै, नारिएर
हिड,एक पाटो,रोपाइँ गरेर आउँ
फर्सीका पातमा दहि चिउरा मुसेर
हिड,असार पन्ध्र मानेर आउँ।

त्यो, असारे हिलो मा लुटपुटिएर
हिड ,यो बालुवा टकटक्याएर आउँ,
फेरि यो बगरमा फर्किनु नपरोस् ,
हिड ,पाथी मुरी ,फलाएर आउँ।

ती खोला ,ती नदिमा
डुबुल्की मारेर आउँ,
मीठो,चिसो त्यो झरना को जलले
हिड,यो नुनिलो स्वाद फेरेर आउँ।

सपनाहरू,ढकमक्क फुल्ने,
त्यो,इन्द्र वाटिका डुलेर आउँ
ज्वालामुखीझै बलेको यो तनलाई
हिड,छहारीमा बिसाएर आउँ।

- रजनी ढुङ्गाना

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.