May 19 साइप्रुसमा आत्म हत्या गरेकी अन्जु सुनुवारको फ्याम्ली लाई सहयोग।

आज हजुरहरुलाई सानो जानकारी गराउनु पर्‍यो। गत May 19 मा साइप्रुसमा अन्जु सुनुवारले आत्म हत्या गरेको दु:खत समाचार प्राय हजुरहरुलाई अवगत नै  छ। त्यो दु:खत घडीमा हामी सबैको मन रोएको थियो अनि  घटना कसरी भयो भन्ने कुराको कौतुहलता सबैलाई नै थियो। जे-जस्तो भए नि घटना घटी सकेको  थियो।  अनि  त्यस्तो घटना वास्तव मै भन्नु पर्दा आँफैमा अबिस्राप हो र फेरी फेरी एस्तो घटना हामीले  सुन्नु पनि नपरोस भन्नु चाहन्छु।

मर्ने त गैइ गयो तर बच्नेलाई कती गर्ह्रो छ। अन्जु सुनुवार  कै कुरा गर्नु पर्दा परिवार मा कत्ती साह्रो पीर पर्‍यो होला।  यही कुराले मेरो पनि मन छोएको थियो र केही त गरौ अन्जुको परिवारलाई भनेर मेरो हितैसी साथीहरु Jj  जुगजली, अजय देवान , नगन   गुरुङ अनि  स्वयम म सुरेन  ताम्लिङले सल्लाह गरी charity सुरु गरेका थियौ। अनि  हामीलाई थाहा थियो उहा परिवारहरु पनि केही हुन्छकी भनेर धेरै आसामा हुनुन्थ्यो। हामीले नि धेरै कोशीस गर्यौ। तर कतिपयले कुरा नबुझेर हुन सक्छ कतिपयले बुझपचाएर हुनसक्छ हाम्रो यो कुरा मा सार्है  सफल भएन। यत्रो समय सम्म मा जम्मा 162 euro जम्मा गरेका थियौ तर धेरै किसिम को अलि आपच शब्द हरु धेरै पाइयो। बिशेष गरेर मैले पाए भन्नु पर्छ। जे-जस्तो भए पनि हामी यो कुरालाई साकारअत्मक रुपमा एउटा ज्ञान को रुपमा लिन्छौ।

उक्त 162 euro  मा हामी चार जना अजय देवान, Jj जुग्जली , नगन गुरुङ र म  गरेर 100 euro प्रती ब्यक्ती गरेर जम्मा 562 euro भको  थियो। उक्त रकमको नेपाली रु. ६४, ३४५.३२ आज अन्जु सुनुवारको आमा को राय आनुरुप आन्जुको aunti लाई हाम्रै ग्रूप को अजय देवान ले बुझाउनु भको छ।
अन्त्यमा हामी क भन्नु चाहन्छौ भने यस charity मा सहयोग गर्नु हुने र donate गर्नु हुने सबैलाई  धान्यबात दिन चाहन्छौ।साथै भोलिको दिन मा कसैलाई  केही दु:ख परेमा होडबाजी, को भन्दा को कम अनि  तेरो मेरो नभनी हतेमालो गर्दै जाउ भन्नु चाहन्छौ।
-सुरेन लिम्बु

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.