हो,केही सुन्दर छैन यहाँ, मात्रै ......दैलो उघार्दा,हिमाल चम्किन्छन, बिना कुनै यंत्र यहाँ, त्यसै ........शितल, बतास बहन्छन।

हो,केही सुन्दर छैन यहाँ,
मात्रै ......दैलो उघार्दा,हिमाल चम्किन्छन,
बिना कुनै यंत्र यहाँ,
त्यसै ........शितल, बतास बहन्छन।

जब झरी...... रोकिन्छ,
इन्द्रेणीले ,आकाश रङिन्छ,
शरद  होस वा वसन्त
हरदम हरपल, छटा सजिन्छन।

हो केही, छैन यहाँ,
मात्रै मुस्कान, हरु फुल्दछ्न,
बिपत्तिमा ,अफ्ठ्यारामा,
भाइचाराका, अङाला खुल्दछन।

हो, सब खत्तम छ यहाँ
मात्रै,प्रकृति ,पुजिन्छन।
ढुङ्गा,ढुङ्गामा देवता भेटिन्छन,
सन्सारका सबै देव, एउटै नजरले हेरिन्छन।

हो, बाकी केही छैन यहाँ,
दुखमै पनि, हासो गुन्जिन्छन,
टुक्रीएका, सपना जोडिएर
सुनौलो बिहानी उघ्रीन्छन

- रजनी ढुङ्गाना

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.