महामहिम राष्ट्रपति विद्या देवी भण्डारीबाट Wheel Chair उपहार प्राप्त भयो ।
हरेक दशैको टिका लगाउन हामी पवित्र समाज सेवा नेपाल स परिवार राष्ट्रपतिको हातको टिका लगाउन जान्छौ । घरमा टिकाटालो सकिए पछि छोरा छोरी बुबा आमाहरु कतै टिका लगाउन जान पाए पनि हुन्थ्यो जस्तो गर्छन । मन भुलाउन , उनिहरुको खुशीमा कत्तीपनि कमी नहोस भन्ने लाग्छ तेसैले हरेक बर्ष म देशकै अभिभावक राष्ट्रपति, प्रधानमन्त्रीको निवास मा सपरिवारलाई लिएर टिका लगाउन जान्छु । सधै झै हिजो पनि हामी राष्ट्रपति ज्यु हातको टिका थाप्न गएका थियौ । ९० बर्षिया बुबा जो आँखा देख्नु हुन्न, हिडडुल पनि गर्न सक्नु हुन्छ हामीले पिठीयुमा बोकेर लिएर गएका थियौ । राष्ट्रपति ज्युले सोध्नुभो बुबाको दुःखदायी जिवन कथा , मैले छोटकरीमा भने , आफनै छोरा छोरीहरुले उपचार गर्न जाउ भनेर ल्याएर सिनामंगलको पुल मुनि फालिएछन । २० बर्ष सम्म नारकिय जिवन विताएका बुबालाई ८ महिना अगाडी हामीले फेला पारी उद्धार गरी ल्याएर आश्रय दिएका छौ भने पछि राष्ट्रपति ज्युले बुबाको लागि Wheelchair उपहार दिएर ठुलो मानविय सहयोग गर्नु भयो । यस्को लागि म महामहिम राष्ट्रपति ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु । यो साथ, सहयोग, उपहार जिवन्त रहोस ।
बाबु नभए पनि आमा नभए पनि , फोहोरको थुप्रोमा फालिएको ठाँउ बाट ल्याएका भए पनि यि वेसाहारा, दिन हिन बालबालिका हाम्रै छोरा छोरी हुन , हाम्रो बुबा आमा, दिदी बहिनीहुन । हामी सबै यिनीहरुका अभिभावक हौ । यिनीहरुको उचित रेखदेख, गाँस वास कपास, माया ममता हेरविचारको व्यवस्था गर्नु सिङ्गो देश, समाज हामी सबैको साझा कर्तव्य र धर्म हो ।
भावनाको नातालाई उमेरले फरक पर्दैन रहेछ । मलाई ५ महिना बच्चा देखि ९० बर्षको बुबाले पनि आमा नै भनेर बोलाउछन । उमेरले छोरी जस्तै भए पनि आमाको जस्तो माया ममता दिएकी छौ तिमी हाम्री छोरी होईन आमा हौ भन्नु हुन्छ ।
आज विजया दशमीको दिन परिवारका सबै ४८ जना सदस्यहरुलाई नयाँ नयाँ लुगा लगाई दिएर टिका जमरा लगाउने कार्यक्रम सम्पन्न भयो । सबै दशैहरु यसरी नै हाँसी खुशी मनाउन पाईयोस । सबैमा विजया दशमीको हार्दिक मंगलमय सुभकामना छ ।
-दीक्षा चापागाँई
पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ , नेपाल, फोन :- ९८५१०६००८६ / 009779851060086
Post a Comment