टेक बहादुर गुरुङलाई आर्थिक सहयोग रकम हस्तान्तरण !
कतारमा बिगत लामो समयदेखि श्रम गरिरहनु भएको कास्कि जिल्ला भरतपोखरी गाबिस डाँडा गाउँ सुर्कने वडा नं. ७ निबासी श्री टेकबहादुर गुरुङ प्यारालाईसिसका कारण केही महिना देखि बिरामी हुनु हुन्छ । कतारको हमाद हस्पिटलमा केही दिन उपचार गर्नु भै हाल नेपाल जानू भएको छ । वहाको आर्थिक स्थिति निकै कमजोर भएको र थप उपचारमा सहयोग पुगोस भनी तमू (गुरुङ) समाज, कतारको तर्फबाट मिति २०७३/०६/२९ गतेका दिन आर्थिक रकम हस्तान्तरण गरेको छ । सस्थाको प्रमुख संरक्षक श्री बिलबहादुर गुरुङ र सल्लाहकार श्री बुद्ध गुरुङ द्वयले घर बिदामा नेपाल भएको समय पारेर समाजले संकलन गरेको सहयोग रकम बिरामी टेकबहादुर गुरुङको गाउँ भरतपोखरी सुर्कने पुगेर वहाँ कै धर्म पत्नी कृष्ण कुमारी गुरुङ, भाईखलक कै दाइ पर्ने यामबहादुर गुरुङ, भाई बुहारी ईन्द्रकुमारी गुरुङको रोहबरमा नेपाली रुपैयाँ ५२,१५३/- (अक्षेरुपी बाउन्न हजार एक सय त्रिपन्न मात्र) समाजको तर्फबाट हस्तान्तरण गरिएको छ। हामी सबै तमू (गुरुङ) समाजको तर्फबाट वहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
टेकबहादुर गुरुङलाई थप उपचारको आवस्यक्ता देखिन्छ । वहाँको आर्थिक अवस्था नाजुक भएकोले मनकारी ब्यक्तित्वहरुलाई सक्दो सहयोग गरि दिन पनि हामी हार्दिक अपिल समेत गर्दछौं ।
खेम तमू - अध्यक्ष,
तमू (गुरुङ) समाज, कतार ।
Post a Comment