मेमोरी पावरमा गिनिज बुक मा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेल द्वारा फेरि एउटा सम्माननिय कार्य । बिदेशी नागरिक हरु पनि सामेल भए स्मरण शक्ति अभिबृद्धि तालिममा।

मेमोरी पावरमा गिनिज बुक मा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेल द्वारा फेरि एउटा सम्माननिय कार्य । बिदेशी नागरिक हरु पनि सामेल भए स्मरण शक्ति अभिबृद्धि तालिममा। The Academy of Arts and Academics (Oregon, USA) तथा Springfield Public Schools का प्रधानाध्यापक माइकल फिसर, coordinator एड, अभिभावक लिजा र ८ जना विद्यार्थीहरुको टोली कार्तिक ८ गते श्री अरनिको उच्च मा वि मा नेपाल को संस्कृति रहन सहन, चाडपर्व र रितीरिवाज तथा शैछिक टुर मा सामेल हुन आउनु भएको सिलसिलामा सनिबार बिहान ९ बजे देखि १०:३० बजे सम्मको मेमोरी पावर सम्बन्धी गिनिज बुकमा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेलको स्मरण शक्ति अभिवृद्धि तालिम मा सहभागी हुनु भएको थियो ।सो कार्यक्रममा अर्पण शर्मा कट्टेलले १ मिनट मा ३० वटा शब्दका क्रमहरु जस्ता को तस्तै याद गरेर अगाडी पछाडी बीच सबै तिर बाट भनेर सबैलाई चकित पारेका थिए ।


तालिम मा अर्पण शर्मा ले शब्द, वाक्य र प्याराग्राफ कसरी याद गर्न सकिन्छ तथा दिमाग लाई कसरी तेज बनाउन सकिन्छ भन्ने तालिम प्रदान गरेका थिए ।


The Academy of Arts and Academics (Oregon, USA) तथा Springfield Public Schools का विद्यार्थीहरु सो कार्यक्रम मार्फत प्रभावित भएका र सो तालिम धेरै नै प्रभावकारी भएको प्र.अ. पुरुषोत्तम खरेल ले जानकारी दिनु भयो । देशको सान बढाउन लागि पर्नुभयका अर्पण शर्मा कट्टेल ज्यु लाई www.missyounepal.com परिवार हार्दिक सम्मान ब्यक्त गर्दछ। 
'
मिति : २०७३/०७/१३
स्थान : श्री अरनिको उच्च मा वि
कार्यक्रम : स्मरण शक्ति अभिवृद्धि तालिम
सभापति : श्री पुरुषोत्तम खरेल (श्री अरनिको उच्च मा वि का प्र.अ.)
प्रमुख अतिथि : श्री माइकल फिसर (Mr. Michael Fisher) - Principal at The Academy of Arts and Academics (Oregon, USA) and Springfield Public Schools (Oregon, USA)





Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.