गैर आवासीय नेपाली संघ स्थानिय समिती को दिपावली तथा छठ को शुभकामना आदान प्रदान कार्यक्रम समपन्न।
लक्ष्मण रसाइली ।
अक्टोबर
गैर आवासीय नेपाली संघ स्थानीय समन्वय समिती जुबेल साउदी अरब ले दिपावली तथा छठ पर्व को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
साउदी को जुबेल स्थित मनकामना नेपाली रेस्टुरेन्ट मा भएको अनौपचारिक उक्त कार्यक्रम मा संघ साउदी अरब अध्यक्ष नारायण पासवान को समेत उपस्थित मा रहेको थियो।
परिचयात्मक कार्यकम शुरु संगै उक्त अनौपचारिक शुभकामना आदान प्रदान कार्यक्रम मा हाल साउदी मा पिडित नेपाली को बिषय मा समेत छलफल भएको छ।
सो कार्यक्रममा सस्था का प्रतिनिधि तथा विभिन्न कम्पनि मा कार्यरत नेपाली का साथै बिबेकशील नेपाली दल का प्रतिनिधि को समेत उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण एनआरएनए कर्मी लगाएत का सहभागी लाइ शुभकामना मन्तब्य राख्ने अवसर प्रदान गरिएको थियो।
शुभकामना मन्तब्य राख्दै एनआरएनए साउदी अरब का अध्यक्ष ले हाल को विषम परिस्थिती साउदी मा रहेका नेपाली को सहयोग हेतु संघ ले गर्ने सहयोग मा कुनै पनि किसिम को कसुर बाकि नराख्ने प्रतिबद्धता ब्यक्त गर्दै कतिपय घटनाहरु सस्थागतरुप मा जानकारी हुनु पुर्व नै मिडियाबाजि भएर घटना लाइ तोडमोड गर्ने प्रबृ ति ज्यादा हुदै गएको मा आफु र सस्था दुखि रहेको पासवान बताउनु भयको छ। अहिले साउदी मा नेपाली पिडित हुनु मा नेपाल का म्यानपावर ब्यबसायी नै दोषी रहेको औल्याउदै फ्री भिषा को नाम मा नेपाली कामदारलाइ पिडित बनाउनु का साथै नेपाल बाट उडान भरिसकेपछि म्यानपावर ब्यबसायी ले कामदार को अवस्था बारे बुझ्ने प्रयास नगर्नु झनै दुखद रहेको बताउनु भएको छ।
उपस्थित सबै ले २०७३ साल को शुभ दिपावली तथा छठ पर्व सगै नेपाल मा शुख शान्ति छाओस भन्दै आउदा दिन मा कोहि नेपाली ले दुख पिडा को भुमरिमा जीवन व्यतित गर्नु नपरोस भन्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गैर आवासीय नेपाली संघ स्थानिय समिती को दिपावली तथा छठ को शुभकामना आदान प्रदान कार्यक्रम समपन्न।
28Oct2016
Post a Comment