बहिनी लाई पत्र - प्यारी बहिनी खुशी लाखौं लाख सम्झना एबम असिम प्यार उहीँ परदेशी दाजु अविरल को तर्फबाट ।

प्यारी बहिनी खुशी लाखौं लाख सम्झना एबम असिम प्यार उहीँ परदेशी दाजु अविरल को तर्फबाट  ।
बहिनी खुशी तिमिले अत्यन्तै माया गरि पठाएको पत्र हिजो मात्रै हात पर्यो निकै खुशी हुँदै पत्र खोली हेरे तब मेरा आशुले समुद्रको तहलाई पछ्याउने काम गर्यो समय परिवर्तन को बेग संग हुतिदै तिम्रो दाजु यो खाडिको चर्को घाम खान थालेको नि झन्डै १३ बर्ष को हाराहारी भएछ यस बीचमा मुस्किल ले एउटा तिहार मानेको याद छ त्यति बेला तिमी सानै थियौ फुपुदिदिले तिम्रो हात समाएर मेरो निधार मा तीन धर्के टीका लगाएको धेरै बर्ष बितेछ त्यही याद हरु बटुलेर आज सम्म पनि त्यही भाइटीका को प्रतीक्षामा छु म ।सायद तिमिले पनि त्यो दिनको महसुस गर्न सक्ने भए को भए याद गर्दै बस्थौ होला तर तिमी त्यति बेला निकै सानी थियौ र तिमिलाइ दाजुलाइ भाइटीका लागाइदिएको याद छैन त्यही भएर होला यो बिलौना सहित एकचोटी भाइटीका को महसुस गर्न पाउ भन्दै पत्रचार गरेकी रहिछौ । बहिनी खुशी तिमिले पत्रमा उल्लेख गरिएको केही हरफ हरु यहाँ उल्लेख गर्न बान्छनिय ठानेको छु किनकी यो लाखौं लाख खुशी जस्ता बहिनिहरुले आफ्ना परदेशिएका लाखौं लाख अविरल जस्ता दाजुहरुलाइ लेखिएको पत्र हो र हुनेछ ।
दादा हरेक पर्व हरुले तपाईंको याद लाई यसरी जगाउछ्की सायद म फेरि कहिल्यै पनि निदाउन सक्दिन दादा हाम्रो देश विभिन्न सस्कृती भरिपुर्ण देश हो हामी हरेक पर्व लाई उतिकै महत्त्व का साथ मान्ने गर्छौ दादा त्यसमा पनि दशै तिहार हाम्रो ठुलो पर्व हो यहि पर्व मान्नको लागि प्रबास मा रहेका सबै दाजुभाइ घर फर्कने गर्द्छ्न ।यहि पर्ब को महत्त्व लाई बुझेर सरकार ले बर्सेनि लामो बिदा दिने गरेको छ जबकी सबै परिवार हरुको जमघट होस भनेर नै तर दादा जब जब पर्व हरु आउँछ तबतब यो मनको धैर्यताको बाध नै फुट्ला झै हुन्छ ।दादा हजुरले मेरो सारा भौतिक जिबन को सुख मा कुनै कमि राख्नु भएको छैन मलाई कुनै कुराको अभाव हुन दिनु भएको छैन तर दादा भौतिक सुख सुख होइन रहेछ दादा मलाई थाह छ तपाईं मेरो उज्ज्वल भबिस्य को लागि त्यो चर्का घाममा कडा मिहिनेत गरिरहनु भएको छ त्यही अनुसार मैले पनि आफ्नो शिक्षा मा कुनै कमि गरेको छैन हाम्रो घरको आय स्तर पनि वृद्धि भएको छ समाजमा एउटा स्थापित रूपमा छौ यो सबै हजुर कै देन हुन ।यसको मुल्य म कुनै हालत मा पनि चुकाउन सक्दिन दाइ तर यति हुँदा हुदै पनि फ़ेरि आज तपाई संग गुनासो गर्न बाध्य भए
दादा यस बर्ष को दशै पनि त्यतिकै बित्यो र अब लगभग तिहार पनि खाली बित्ने सम्भावना प्रबल भयो दाइ। दादा मैले बर्खा भरी दुख गरेर सारेका ती मखमली सयपत्री गोदावरी फुल हरु फुल्दै तपाईंको प्रतीक्षा गरिरह्न्छ अनि तपाईंको अनुपस्थित संगै झरेर जान्छ्न दादा बर्सौ देखि यो प्रक्रिया म देखिरहेकि छु सहि रहेकि छु दादा यो दिनको अन्त्य कहिले हुने हो दादा कि म हजुर कि बहिनी होइन ? के मलाई भाइटीका लगाउने कुनै  अधिकार छैन ?दादा कति समय मलाई यो अधिकार बाट बन्चित गराउनु हुन्छ ? दादा अरु धेरै के लेखु भौतिक सुख मात्रै सुख होइन दादा मनमा शान्ति हुनुपर्छ यसपाली पनि सबै दाजुभाइ दिदिबहिनी जम्मा भइसके सबैको घरमा भाइटीका को रौनक छाहिसक्यो तर दादा म सबै जना भएर पनि कोहि नभए जस्तो भए ।यसपालि पनि मेरो मखमली सयपत्री र गोदावरी झरेर जाने भए यसपाली पनि म लिङे पिङ को छेउमा मात्रै पुगेर फर्कने भए यसपाली पनि घरमा कमेरो दल्ने सपना अधुरो रहने भयो ल दादा अरु के लेखु ।यहि थियोे मेरि प्यारी बहिनी खुशिले लेखेको पत्र ।
प्यारी खुशी तिम्रा दाजु जस्तै लाखौं लाख दाजुहरु आज भाइटीका बिहिन छ्न तिमिले मन दुखाउनु पनि स्वभाबिक नै हो यसमा तिम्रो कुनै दोस छैन यो त देशको अबस्थाले सिर्जना गरेको दु:खद क्षण हो प्यारि खुशी अब यसपालि यस्तै भइगयो अर्को साल अबस्य मेरि बहिनिको हातको टीका लगाउन आउने छु मेरी बहिनी लाई लिङे पिङ खेलाउन आउनेछु घरमा सेतो कमेरो पोत्न आउनेछु मेरी बहिनी अब तिम्रो प्रतीक्षा को घडी समाप्त गर्ने छु यो अरु बर्ष को जस्तो झुठो आश्वासन होइन मेरी बहिनिको प्रतीक्षा को फल दिने समय हो म अर्को साल मेरी बहिनिको फुलहरुलाइ ओइलिन दिने छैन यो मेरो बाचा भयो ल उहीँ परदेशि दाजु अविरल ।
सबैमा तिहार को विशेष शुभकामना
गोबिन्द लामिछाने (अविरल )
हाल -एसियन टाउन दोहा कतार
Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.