भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुको आवास पुन निर्माण सहयोगार्थ "अन्तरास्ट्रिय कलाकार मन्च बहराईन" ले भब्य कार्यक्रम गर्दै

भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुको आवास पुन निर्माण सहयोगार्थ "अन्तरास्ट्रिय कलाकार मन्च बहराईन" ले भब्य कार्यक्रम गर्दै

"जय कला जय कलाकार " भन्ने मुल मन्त्र राखेर परदेश मा बाध्यता बस कला, गला भएर पनि लुकाउन बाध्य भएका परदेशी नेपाली श्रमिक कलाकार हरुमा भएको कलालाइ प्रस्फुटन गर्ने साथै परदेश मा आफ्नो संस्कृति , भेषभुषा , कला साहित्य लाई चिनाउने उदेश्य का साथ 2014 मा  बहराइन मा स्थापना भएको "अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन" ले आगामी तिहार लाई लक्षित गर्दै नुवाकोट जिल्लाको तुप्चे- 2 अक्करेमा रहेका करीब 25/26 जना भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुको आवास पुन निर्माण सहयोगार्थ उक्त कार्यक्रम को आयोजना गर्न लागिएको मन्च का महासचिव अरुण क्षेत्री ले जानकारी दिनु भयो ! गत साल बैशाख 12 र 29 मा नेपाल मा गएको महा बिनाशकारी भुकम्प मा परि आफ्नो गाँस, बास साथै आवास गुमाएका अत्यन्तै दयनिय अवस्था बाट जिबिको पार्जन गर्दै आइ रहेका ती दृस्टिबिहिन बालबालिका हरुको घाउ मा थोरै भए पनि मलमपट्टी लगाउने उदेश्य ले उक्त कार्यक्रम को आयोजना गरिएको हो !

उक्त ठाउँमा अहिले सम्म न सरकार को तर्फबाट कुनै पहल भएको छ न नै कुनै सामाजिक  संघ संस्था हरु बाट चासो देखाइएको छ। अत्यन्तै दयनिय अवस्था मा दिन बिताइरहेका ती दृस्टिबिहिन बालबालिका हरुको लागि कलाकार हरुको संस्था अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन ले चासो देखाएको छ र उक्त कार्यक्रम नितान्त ती बालबालिका हरुको सहयोगार्थ हुने कुरा पनि उहाँ ले बताउनु भयो । नेपाल बाट ख्याती प्राप्त चर्चित कलाकार हरु जुना प्रसाईं र जशोदा सुब्बा ले उक्त कार्यक्रम सहयोगी भावानाले गर्न लागिएको कारण आफुले लिने गरेको पारिश्रमिक मा पनि निकै लचकता देखाउनु भएको कुरा पनि उहाले जानकारी गराउनु भयो।


एक तिर दुई निसान भने झै नेपाली हरुको दोस्रो ठूलो महान चाड शुभदीपावली को शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम पनि राखिएको छ।


आफ्नो मौलिक चाड पनि मानिने साथै दृस्टिबिहिन बालबालिका हरुलाइ सहयोग पनि हुने हुदा बहराइन मा रहनु सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी साथै बहराइन मा कृयाशिल सम्पुर्ण संघ संस्था , विभिन्न राजनीतिक पार्टी का भातृ सङ्गठन , बुद्दिजिवी, व्यापारी बर्ग, पत्रकार , कलाकार लगायत सम्पुर्णलाई  आ आफ्नो ठाउँ बाट सकेको सहयोग गरिदिनु हुन साथै कार्यक्रम मा उपस्थित भैदिनु हुन पनि उहाले आग्रह गर्नु भयो। उक्त कार्यक्रम लाई नेप्लिज वेल्फेर सोसाइटी बहराइन ले विशेष सहकार्य गरेको छ भने लालीगुरास सेवा समाज बहराइन ले विशेष सहयोग गरेको छ।


कार्यक्रम बारे थप जानकारी

स्थान :- डेल्मोन होटल मानामा

मिति :- 04 नोवेम्बर 2016 , शुक्रबार

समय :- दिनको ठिक 3 बजे देखि

आयोजक :- अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन , (शाखा)

विशेष सहकार्य :- नेप्लिज वेल्फेर सोसाइटी

विशेष सहयोगी :- लालीगुरास सेवा समाज बहराइन

सम्पर्क :- 36885220 , 36271173





Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.