धुर्मुस सुन्तलिका लागि दिपक राज गिरि दाजुका शब्दहरु ...

धुर्मुस सुन्तली
तिमिहरूको जीबनको अर्को महत्वपूर्ण दिन भोलि कार्तिक
१२ गते, आफ्ना ब्यक्तिगत अभिलाषा, घर , परिवार त्यागेर सामाजिक अभियानमा होमिएर भूकम्प पिडितका लागि आबास निर्माणमा निरन्तर खट्यौ र यो उपलब्धी हासिल गर्यो
यसको लागि ह्दय देखि बधाइ ।

म लगायत हाम्रा साथिहरू यो अभियानमा सहभागि हुन सकेनौ किनकि ठिक त्यहि समयमा " छक्का पन्जा" को अभिभारा कॉधमा थियो तर यता तिमिहरूले यति बिशाल उपलब्धि हासिल गरिरहदा तिमिहरूको समेतको लगानि रहेको चलचित्र छक्का पन्जाले पनि एतिहासिक उपलब्धि हासिल गरेको छ
यस हिसाबले तिम्रो हाम्रो सहकार्य, मित्रताले एकातिर जनताको सेवा पनि भयो ,लाखौ जनताले आशीष दिए जस्को नेतृत्व तिमिहरूले लियौ अर्को तर्फ हामिले दर्शकलाइ प्रदान गर्नु पर्ने मनोरन्जनको दायित्व पूरा गर्दै अहिले सम्मकै सबैभन्दा सफल चलचित्र  तिम्ले हाम्ले बनाएको चलचित्र हो भन्ने प्रमाणित गर्न सफल भयौ ... यस हिसाबले तिम्रो हाम्रो मित्रता सहकार्यले हामि सामाजिक उत्तरदायित्व र पेशागत अभिभारा दूबै  एकै साथ पूरा गर्न सफल भएका छौ.......
अब चलचित्रवाट भएको नाफाको केहि अंश समाजसेवामा लगाउने हामि सबैको चाहना छ र त्यस्का लागि तिमि संग सर सल्लाह गर्ने नै छौ...!!!
संयोग कस्तो , गिराचौर महाअभियानमा घर सुम्पने दिन एकातिर, तिम्रै हाम्रै चलचित्रले यता इतिहास कोरेर ५१ मनाउदै छ.... समाजसेवा र मनोरन्जन दूवैलाइ मिलाएर हातेमालो गर्दै भबिष्यमा पनि यसरी नै अघि बढौ..
समाजसेवामा तिमिहरूले प्राप्त गरेको सफलताका लागि बधाइ.. सम्पूर्ण चलचित्रकर्मी साथिहरूलाइ भोलि कार्तिक १२ गते गिराचौर आउनुहुन र घर हस्तान्तरण समारोहको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछू!!!!
-हाँस्यकलाकार,नायक दिपकराज गिरि दाजुको फेसबुक बाट साभार।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.