संघर्ष गर्दा गर्दै थाकेको जिवन, बहकिएको भावाना I शिर्षक ( पिंजराको चरा )

संघर्ष गर्दा गर्दै थाकेको जिवन, बहकिएको भावाना I शिर्षक ( पिंजराको चरा )

Samjhana Panta

हेर्नेहरु सबै भन्छन् ! कठै ''चरा'' पखेटा फिजाउदै स्वतन्त्र भएर आकाशमा उड्नु पर्ने पिंजरामा थुनेर राखेको छ I पापी मानव I
बाहिर बाट त्यो चराको स्वतन्त्रता हनन गरेको देखिएता पनि त्यो चराले स्वतन्त्रतामा भोगेको पिडा मैले नजिक बाट नियालेकी छु I खुल्ला आकाशमा 'ऊ' उड्दा चर्को घामले पोलेको हुन्छ I पानिले रुझाएको हुन्छ I असिनाले चुटेको हुन्छ I हुरी बतासले अल्लो छेउ र पल्लो छेउ पुर्याएको हुन्छ I बास बस्ने गुड नै उडाएको हुन्छ I शिकारीले वाण हानि उसको जीवनलाई नै शिकार बनाएको हुन्छ I
कहिले काही म खुल्ला आकाशमा उडेको चरा भन्दा पिंजरा भित्र बसेको चरा हेर्न मन पराउछु I किनकी 'ऊ' सुरक्षित छ I
कहिले काही' म त्यो चरा जस्तै सुरक्षित पिंजराको चरा बन्न मन पराउछु I मलाई त्यो पानिले नरुझावस् I असिनाले नचुटोस् I बतासले न उडाओस् I शिकारीले शिकार नबनाओस् I प्रतेक बर्ष त्यो हुरी बतासले मेरो बास नउडाओस् I हो म त्यही पिंजराको चरा बन्न मन पराउछु जहाँ स्वतन्त्रताको खुल्ला पिंजडा होस् I म त्यो पिंजरा भित्र पखेटा फिजाएर नाच्न सकु I खुलेर हास्न सकु I शान्तिले बाच्न सकु I आउ मनाव मलाई यो स्वतन्त्र जिबन बाट त्यो पिंजरा भित्रको जिबनमा लैजाउ I आउ बचाउ मलाई त्यो घाम पानि हुरी बतास र ति पापी शिकारीहरु बाट I
नोट ;-
यदि पति र पत्नी बीच माया विश्वास र समर्पण भयो भने बिवाह बन्धन हुदैन I बिवाह सुरक्षा हो I सुरक्षा भित्र रहेको सुन्दर फूलहरुको बगैचा हो जुन फुल बारीमा नाच्ने हास्ने पति पत्नी I
( धन्यवाद )
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.