गाउ घरको मिठो यादहरु

गाउ घरको मिठो यादहरु
 
सम्झना पन्त
Image may contain: 1 person

मेरो देश नेपाल, मेरो गाऊ घर , मेला पात, दाउरा घास आहा कति रमाईला थिए ति दिनहरु न लोभ, न लालच, न कसैको खटन काम गरेनी आफ्नै नगरे पनि आफ्नै I सोच यति हुन्थ्यो की यो सिजन बारीमा अन्न राम्रो होस् I यो सरिरले न चैत बैशाखको धुप भन्यो न साउन भदौको पानि, न पुस माघको जाडो I दिनरात बारीको बास हुन्थ्यो मेरो I दिन भरि बारीमा काम गर्यो बेलुका घर फर्कियो छोरा छोरि आमा भन्दै अघि पछि हुन्थे I छोरा छोरि काखमा बसेपछि दिनभरिको थकान आफै हराउथ्यो I पानि प्यास लागे, ठेकी को मोही एक माने लोटा भरि सारेर पियो I चुलोमा कुरेर बसेको चिसो भात त्यस्मा साधेको गुन्द्रुक मोलेर खायो, आहा जति खायो त्यती मिठो पेट भरिए पनि मुख नै नघाउने I खिड्की को छेउमा बिजाउने गुन्द्री त्यसमा पातलो तन्दा बिच्छायो सुत्यो, निन्द्रा कति मिठो लाग्ने I मछेड को समधुर सोर कानमा गुन्जदा पनि निन्द्रालाई कुनै असर नपर्ने I खै आज कहाँ गयो त्यो मिठो निन्द्रा ? कहाँ गयो त्यो मिठो भोक ? ति रमाईला दिनहरु ? त्यो मिठो हासो ? कहाँ छ आफन्तको साथ ? कहाँ छन् छोराछोरि आमा भन्दै काखमा लुटुपुटु हुने ? भौतिक सुबिधाको लालचले आज ति दिनहरु अतित बन्न पुगे l यादहरु सम्झनामा मात्र सिमित रहन पुग्यो I कठै बरी हामि नेपालीको जिन्दगी I प्रवाशमा जति बाहिरी हासो देखाए पनि त्यही प्यारो गाउ घरको सम्झनाले पक्कै पनि प्रतेक प्रवासीको मन रोहेको छ :( :( :( :( :(:(

( धन्यवाद )
सम्झना पन्त
( चितवन )
हाल इजरायल
 


Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.