बाबूको मृत्यु पछि बच्चा हरुको को बिचल्ली ।
लक्ष्मण रसाइली
मंसिर १९, जाजरकोट : जाजरकोट को पश्चिम पजारु का बाबू मुने कामी गत महिना हृदयघातको कारण मृत्यु भय संगै उनका ४बच्चा हरुको बिचल्ली परेको छ।जसमा ११बर्ष का प्रेम बि क, ८बर्ष कि निर्मला,६बर्संका कर्न बि क र सानी २बर्सिय छोरी टिकासरा बिक रहेकी छिन।
गरिबता मै हुर्केका यी बालबालिका को को राम्रो लालान पालन हुन नपाउदै बाबू को मृत्यु भयको छ।अहिले यी बाल बच्चा कुनै ठुलो परिश्रम गरेर खाने उमेर पनि नहुदा बिचल्ली परेका हुन।र यिनी हरु को गाउँ मा कोहि आफन्त पनि नभयकै कारन न खान न बस्न अबस्था हुदा बिचल्ली परेका हुन।अहिले चिसो मौसम को समय ती बाल बच्चा हरु लाई न पेट भरी खाना मेलेको छ त न तातो कपडा न त बस्ने घर।११बर्सिय प्रेम भन्छन"बाबा को मृत्यु भयो ,अहिले हामी चार भाइ बहिनी छौ।खान पनि पाईदैन सानी २बर्स कि बहिनि न त उनी यता उता गर्न नै सक्छिन ,रात दिन हामी रोयर बस्छौ।"उनले रुदै भने कसैको सेवा र सहयोग पाए हाम्रो खाने बस्नेवब्यबस्था हुने थियो ।"यी बच्चाको पिडा दुख लाई सहयोग गर्नु नै धर्म हुनेछ।भन्दै सामाजिक अभियन्ता प्रमोद बिश्वकर्मा ले सहयोगी सबै मा सहयोग को अपिल गर्नु भयको छ।सहयोग को लागि सम्पर्क:
प्रमोद बिश्वकर्मा
९८१८६७००१४
९७४८०६२२८०
Post a Comment